शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना नियन्त्रणमा विश्वव्यापी रणनीति निर्माण गर्नुपर्छ : कवि स्नेह सायमि

‘कुनै पनि इमर्जेन्सीले नेपालीलाई हतारो लाग्दैन, कोरोना पनि त्यस्तै भएको छ’
मङ्गलबार, ०२ वैशाख २०७७, ०० : ०२
मङ्गलबार, ०२ वैशाख २०७७

कवि स्नेह सायमि लामो समय व्यवस्थापन विज्ञका रूपमा विभिन्न संस्थामा कार्यरत रहनुभयो । मिडिया व्यवस्थापन, अस्पताल व्यवस्थापन, सरकारीदेखि निजी संस्थाको महत्त्वपूर्ण कार्यकारी पदमा रहेर काम गरेको अनुभव सँगालेका सायमि कोरोनाको उदयपछि विश्व व्यवस्थापनको नयाँ सिद्धान्त अपनाउनुपर्ने र त्यसको मूल अवधारणा ‘भवतु सब्ब मंगलम’ हुनुपर्नेमा विश्वास गर्छन् । विश्वको सर्वश्रेष्ठ प्राणीकै रूपमा मानिस टिकिरहने हो भने पृथ्वीका अन्य प्राणीहरुसँग सहजीवन बिताउन तयार हुनुपर्ने बताउँछन् । प्रस्तुत छ स्नेह सायमिसँग रातोपाटीले कोरोनामा केन्द्रीत रहेर गरेको कुराकानी :

कोरोनाको प्रभाव बारेमा केही बताइदिनुस् न ?

कोरोना यस्तो शक्तिशाली सङ्क्रमण भएर आयो कि यसले धनी–गरिब, शक्तिशाली– असहाय, मानिस– जनावर भनेर नछुट्याईकनै आक्रमण गरिरहेको छ र यो विश्वव्यापी भइसकेको छ । यसको स्वभाव र गतिले मानिसहरुले आफूले बनाएको मान्यता, रणनीति, शास्त्रहरुमा, आफ्नै व्यवहारमा ठूलो परिवर्तन ल्याउनुपर्ने बनाएको छ । मानिसले मानिसको, मानिसले प्रकृतिका अरू वनस्पति र जीवजन्तु पशुपन्छीको बिनासमा निर्माण अवधारणालाई चुनौती दिएको छ । अहिलेसम्म गरि आएका, सिकाइ आएका राजनीति, व्यवस्थापन, अर्थशास्त्र र विकासका परिभाषा र तिनको आधारमा बनेका पाठ्यक्रम र शिक्षालाई समेत सोच्न बाध्य बनाएको छ ।

मानिसका एकलकाँटे प्रवृत्ति, वर्गीय शोषण, शक्ति र धनको सञ्चय, नाफाका लागि सबैथोक गर्ने विश्वव्यापी मान्यता भत्काउन आदेश दिएको छ ।


अहिले संसारका देशदेशमा कोरोना सङ्क्रमण  भएको सङ्ख्या गनिरहेछन् । देशको सीमा त मानिसले न बनाएको हो, कोरोना ती सबै सीमा पार गरेर आइरहेको छ । न घर सुरक्षित छ न दरबार, न पर्खालले सुरक्षित हुन्छ न गार्डले न ताल्चा सुरक्षित छ न रोबोटबाट नै सुरक्षित छ । मानिस आफैले निर्माण गरेको वस्तु र पद्धतिबाट आतङ्कित छ ।


जस्तै, तपाईं कोरोनाबाट जोगिन तपाईंको परिवारको सदस्य पनि जोगिनु पर्‍यो । एक्लै त जोगिन सक्नुहुन्न । त्यसपछि तपाईंको छिमेकमा कोरोनाग्रस्त हुनुहुन्छ भने तपाईंमा पनि हुनसक्ने सम्भावना बढ्यो । त्यति मात्र होइन, तपाईंको टोलको कुकुर चराचुरुङ्गी पनि बच्नुपर्‍यो । अहिले महाकालीमा कोरोना छ, काठमाडौँ सुरक्षित छ भन्न सकिँदैन । कुनै पनि भौतिक दूरीलाई यसले पार गरेको छ । चीनबाट इटली र अरू युरोपेली मुलुक अनि अमेरिका ग्रस्त छ । यसले मानिसमार्फत् नै मानिसको क्षय गरिरहेको छ । तपाईं पूर्णरूपमा लकडाउन त बस्न सक्नै हुन्न । खाने पिउने कुराको त आयात गर्नै पर्‍यो । त्यहीँबाट तपाईंकोमा सङ्क्रमण हुन बेर लाग्दैन ।

अहिले संसारका देशदेशमा कोरोना सङ्क्रमण  भएको सङ्ख्या गनिरहेछन् । देशको सीमा त मानिसले न बनाएको हो, कोरोना ती सबै सीमा पार गरेर आइरहेको छ । न घर सुरक्षित छ न दरबार, न पर्खालले सुरक्षित हुन्छ न गार्डले न ताल्चा सुरक्षित छ न रोबोटबाट नै सुरक्षित छ । मानिस आफैले निर्माण गरेको वस्तु र पद्धतिबाट आतङ्कित छ ।

यस्तो सङ्क्रमण जन्मको कारक को होला ?

यसको कारक पनि मानिस नै हुन् । पहिलो त मानिस मानिस बीचको असहिष्णुता र प्रतिस्पर्धा हो । अर्को मानिसले गरेको वनस्पति, अन्य जीवहरुको नाश र प्रकृतिको अस्वाभाविक दोहन हो । यो पृथ्वीमा अरू पनि छन्, मानिस मात्र छैनन् । ती प्राणी पनि सँगै बाँच्नुपर्छ भन्ने नै मानिसहरुले बिर्सिसके ।

अहिले तपाईं के गरिहनु भएको छ ?

म अहिले शारीरिक रूपमा लकडाउनमा छु । तर मन अत्यन्तै उद्वेलित छ ।

के लकडाउन मात्रै समस्याको समाधान हो त ?

छोटो अवधि अर्थात एक दुई महिनाको लागि त लकडाउनले काम गर्छ । त्यसपछि मानिसहरु घरमा बसिरहने छैनन् ।

किन घरमा बस्दैनन् ?

मानिसहरुलाई कोरोनाभन्दा भोक ठूलो लाग्नेछ ।

के नेपालमा भोकमरी आउँछ भन्न खोज्नुभएको हो ?


आपूर्तिमा अलिकति तलमाथि भएको दिन हाहाकार हुनेछ । अहिले सरकारले आपूर्ति सहज छ भने पनि ग्यास पाइएको छैन, तरकारीको भाउ महँगिसकेको छ । तरकारी बजारमा मानिसहरु खानकै लागि व्यक्तिगत दूरी उल्लङ्घन गरिरहेका छन् । त्यसैले खाद्यान्नको सुरक्षा नभएको दिन कोही लकडाउनमा बस्ने छैनन् ।


नेपालमा मात्र होइन यो विश्वव्यापी समस्या हो । नेपालको कुरा गर्ने हो भने झन् भयावह छ । हामीहरु खाद्यान्न भारतबाट आयात गरेर खाइरहेका छौँ । भारतकै आफ्नो समस्या छ । आपूर्तिमा अलिकति तलमाथि भएको दिन हाहाकार हुनेछ । अहिले सरकारले आपूर्ति सहज छ भने पनि ग्यास पाइएको छैन, तरकारीको भाउ महँगिसकेको छ । तरकारी बजारमा मानिसहरु खानकै लागि व्यक्तिगत दूरी उल्लङ्घन गरिरहेका छन् । त्यसैले खाद्यान्नको सुरक्षा नभएको दिन कोही लकडाउनमा बस्ने छैनन् ।

नेपालमा कोरोना प्रतिरक्षाको तयारी कसरी मूल्याङ्कन गरिरहनु भएको छ ?

नेपाल जस्तो निसहाय मुलुकको  के कुरा गर्नु ? मागेर, ऋण गरेर, मान्छे जति निर्यात गरेर  सामान आयात गरेर गुजारा हुन्छ भन्ने विश्वासमा दशकौँ दशक बितिसकेको यो देश, कोरोना युद्ध पनि मागेरै लड्ने तयारी देखिन्छ ।

तपाईं पनि यही देशको नागरिक हुनुहुन्छ, कस्तो हुनुपर्थ्यो  र ?

हाम्रो अर्थनीति देश र जनताको हितलाई केन्द्रित गरेर कहिल्यै बनेन । नेपाली उद्यमीलाई प्रोत्साहन गर्ने, नेपालमा उत्पादन वृद्धि गर्ने, आधारभूत आवश्यकतामा आत्मनिर्भर हुने रणनीति र त्यसको सफल कार्यान्वयन पनि हुन सकेन । कुनै पनि इमर्जेन्सीले नेपालीलाई हतारो लाग्दैन । कोरोना पनि त्यस्तै भएको छ ।

अब के गर्नु पर्ला त ?

यो महाव्याधिको बेला हो । सरकार लगायत पुँजीपतिहरुबाट दिल खोलेर कोरोना सङ्क्रमण रोक्ने प्रयास हुनुपर्ने हो । अहिले पैसा ढुकुटीमा लुकाएर बस्ने बेला होइन, खर्च गर्ने नै बेला हो । सरकारले भोलि ढुकुटीमा पैसा नहोला कि भन्ने चिन्ता गर्ने बेला यो होइन । त्यसैले आफ्नो नागरिक बचाउन र अर्थतन्त्र जोगाउन चाँडोभन्दा चाँडो तयारी गर्न जरुरी छ ।

मनपरी खर्च गर्यो भन्ने आलोचना पनि त छ ?

संसारमा खर्च गर्ने र खर्च पारदर्शी राख्ने विधिहरू छन् । खर्च पनि गर्ने, पारदर्शी पनि रहने ।

त्यो देशभित्र गरिनुपर्ने कुरा भयो, विश्वस्तरमा चाहिँ के गरिनुपर्ने देख्नुहुन्छ ?

कोरोनाले विश्वलाई नै बन्दाबन्दी गरिसकेको छ । शक्तिशाली राष्ट्रको हालत पनि खराब छ । त्यसैले धनी मुलुकहरुले पनि देशको सीमाभित्र मात्र समाधानको उपाय गरेर चित्त बुझाउन मिल्दैन । यो विश्वव्यापी समस्या हो, विश्वस्तरमै कोषको निर्माण गरेर विश्वव्यापी रणनीति निर्माण गर्नुपर्छ । अरूको देशमा मैले किन लगानी गर्ने भन्ने सोच भएसम्म कोरोनाले उन्मूलन हुँदैन । किनभने यसलाई नियन्त्रण गर्न सकेको छैन । मानव निर्मित सबै सुरक्षाका उपायलाई पार गरिरहेको छ ।

त्यसबाहेक के गरिनु जरुरी देख्नुहुन्छ ?

म नेपालमा बसेर मेरा परिवार, छिमेक लगायत अर्को देशका मान्छेको पनि भलो चिताएँ भने मसँगै रहेका सबै जीवसँग प्रकृतिसँग मिलेर बस्न सिके भने यस्तो सङ्क्रमणको सम्भावना कम रहन्छ । घर सफा गर्न सडक फोहोर गर्ने, बाथरुम सफा गर्न खोला फोहोर गर्ने, बागमती सफाइ अभियान पनि चलाइरहने, ढल पनि बागमतीमै मिसाइरहने प्रवृत्तिले पार लाग्दैन, चाहे राष्ट्रिय स्तरमा होस् या अन्तर्राष्ट्रिय स्तरमा ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप