‘आफू पटक्कै नबदलिने, समाजचाहिँ बदल्छु भन्ने ?’
आन्दोलनका दुई एजेन्डा
मुख्यतः ०६२/६२ सालको आन्दोलनमा दुईवटा एजेन्डा थिए । पहिलो, माओवादीसँग वार्ता । दोस्रो, गणतन्त्रको स्थापना । अरू कुरा पनि अन्तरनिहित थिए ।
मानिसलाई तत्काल परिचालन गर्ने माध्यम थियो राजाको शासन । एकातिर राजा ज्ञानेन्द्र शाहले आफ्नै किसिमको शासन चलाइरहेको बेला । शासन प्रणाली समाप्त भइरहेको अवस्था थियो । अर्कोतिर माओवादीहरुले चलाएको विद्रोहको राजनीतिको व्यवस्थापन जरुरी थियो । किनभने विद्रोहको व्यवस्थापन नभइकन मुलुक सामान्य अवस्थामा अगाडि बढ्न सक्दैन थियो । यो जनताले बुझेका थिए । त्यसैले संसदीय दलहरुले २०५९ असोज १८ पछि उठाएको संसद् पुनःस्थापनको आन्दोलनमा मानिस आकर्षित हुन सकेका थिएनन् । सडक आन्दोलनमा पार्टीका मान्छेबाहेक अरू जाँदैनथे । यो पृष्ठभूमिमा हामीले नागरिकका तर्फबाट शान्ति र लोकतन्त्र भनेर दुईवटा प्रमुख मुद्दा बनायौँ ।
राजनीतिक दलहरुका पनि एजेन्डा त थिए, तर उनीहरु प्रतिनिधिसभा पुनःस्थापनाका मागमा बढी केन्द्रित थिए । उनीहरु त्यसैको माध्यमबाट अगाडि बढ्ने भन्ने कुरा थियो । हामी नागरिकहरु भने लोकतन्त्र र शान्ति दुईवटा एजेन्डामा बढी केन्द्रित भयौँ । हामीले उठाएको शान्ति भन्नाले माओवादीसँग एउटा विकल्पको बाटोमा आइपुग्ने हो र लोकतन्त्र त सबैको साझा कुरा हो । त्यसको व्याख्या भने फरक किसिमबाट बृहत् हुन्थ्यो । राज्यको चरित्रमा कसरी परिवर्तन कसरी गर्न सकिन्छ, राज्यको संरचनामा के कस्ता कुरा आवश्यक छन्, यी सबै कुराका बहस थिए । आमजनताका अगाडि यी दुई मुद्दा प्रमुख हुन्, गणतन्त्रको स्थापना र माओवादीसँगको शान्ति प्रक्रिया । यिनै मुद्दामा केन्द्रित भएकाले जनआन्दोलन सम्भव भए हो ।
‘शान्ति र लोकतन्त्रका लागि नागरिक आन्दोलन’ गर्दा हामीले शान्तिपूर्ण आन्दोलन भन्यौँ । तर माओवादीसँग हतियार छ, उसले हतियार प्रयोग गरिराखेकै थियो । हतियारबद्ध संघर्ष र शान्तिपूर्ण आन्दोलन दुईवटा सँगसँगै जान सक्दैन भन्ने हामीलाई लाग्थ्यो । किनभने हतियारलाई हतियारले मुकाबिला गर्ने बाटो दिन्थ्यो । क्रस फायरिङको भयले नागरिक सडकमा आउन तयार हुँदैन । एकातिर माओवादी हतियार प्रयोग गर्ने, अर्कोतिर राज्यले त्यसको नियन्त्रणका लागि आक्रमण गर्ने । एकअर्काप्रति आक्रमण, प्रतिआक्रमणको ‘क्रस फाइरिङ’मा शान्तिपूर्ण आन्दोलन सम्भव थिएन ।
जनयुद्ध गरिरहेका माओवादी नेतृत्वसँग कास्की सिकलेसमा कुराकानी गर्दै तत्कालीन गृहमन्त्री कृष्ण सिटौला एवं शेखर कोइराला । तस्विरः खिलबहादुर भण्डारी
माओवादीहरुले युद्धविरामको कुरा गरे । त्यसले एउटा स्थिति निर्माण गर्यो । सिजफायरले आन्दोलनमा मानिसलाई सहभागी हुन वातावरण दियो ।
त्यसै बीचमा माओवादीहरुले युद्धविरामको कुरा गरे । त्यसले एउटा स्थिति निर्माण गर्यो । सिजफायरले आन्दोलनमा मानिसलाई सहभागी हुन वातावरण दियो । त्यही पृष्ठभूमिमा हामीले अन्य साथी र दलहरुसँग कीर्तिपुरमा छलफल गर्यौं । म यहीँको हुँदा मलाई सजिलो थियो, सबै परिचित नै थिए ।
कीर्तिपुरमा लागू नै नहुने कर्फ्यू
कीर्तिपुरमा आन्दोलनकारीहरुले मलाई राम्रोसँग चिन्दथे । मलाई के परिरहेको थियो भने २०४६ सालको आन्दोलनमा कीर्तिपुरमा ४ जना आन्दोलनकारी मारिए । हामी आन्दोलन गर्ने मानिसले अलिकति विचार पुर्याउन सकेको भए त्यो घटना नहुन सक्थ्यो । त्यसैले यो पटक कीर्तिपुरमा रक्तपातको स्थिति नहोस् भनेर सचेत भइयो । हामीले त्यहाँ साथीहरुसँग कुरा पनि गर्यौं, के छ यसमा, कसरी जाने हो भनेर । त्यसो त २४ चैतमा आन्दोलन सुरु भएको दिन कीर्तिपुर विश्वविद्यालयमा केही घटना भए । बैङ्क अगाडि केही फर्निचर जलाइए, त्यहाँ फाइरिङ भए । टिचरहरुको क्वार्टर र विद्यार्थीहरुका कोठा छरपस्ट भए । भोलिपल्ट ‘कान्तिपुर’मा प्रहरीलाई घोप्टो पारी सुताउँदै आन्दोलनकारी माथि चढेको एउटा फोटो थियो ।
तस्विरः ध्रुव बस्नेत
कीर्तिपुरमा रक्तपातको स्थिति नहोस् भनेर सचेत भइयो । हामीले त्यहाँ साथीहरुसँग कुरा पनि गर्यौं, के छ यसमा, कसरी जाने हो भनेर । त्यसो त २४ चैतमा आन्दोलन सुरु भएको दिन कीर्तिपुर विश्वविद्यालयमा केही घटना भए । बैङ्क अगाडि केही फर्निचर जलाइए, त्यहाँ फाइरिङ भए । टिचरहरुको क्वार्टर र विद्यार्थीहरुका कोठा छरपस्ट भए । भोलिपल्ट ‘कान्तिपुर’मा प्रहरीलाई घोप्टो पारी सुताउँदै आन्दोलनकारी माथि चढेको एउटा फोटो थियो ।
त्यसपछि ‘आन्दोलनको चरित्र यही खालको हो भने म लाग्न सक्दिनँ’ भनेँ । यस्तो अवस्थामा ‘टुलुटुलु हेर्ने बाहेक मेरो अरू भूमिका हुँदैन’ भनेर साथीहरुलाई कुरा राखेँ । अब के गर्ने भन्ने कुरा उठ्यो, वैकल्पिक बाटो खोजियो । नडराइकन आनन्दसँग शान्तिपूर्ण आन्दोलनको तयारी गर्ने र त्यहीअनुसार लैजाने भनेपछि सबैको सहमति भयो ।
मलाई लाग्छ, त्यसपछि कीर्तिपुरमा सजिलैसित कर्फ्यू तोड्यौँ । सेना आउँथ्यो, सशस्त्र प्रहरी आउँथ्यो, हामी आनन्दसँग सडकमा बस्थ्यौँ । त्यसको एउटा बेग्लै प्रभाव पर्यो । उनीहरुले सुरु सुरुमा बाटो पन्छाउन खोज्थे । हामीले मानेनौँ । दिनभर त्यहीँ बसिरह्यौँ । केही साथीहरु भन्दै थिए– ‘अलिकति बाटो छोड्ने हो कि ?’ हामीले सहमति जनाएनौँ । ‘यिनीहरुलाई बाटो दिँदा आन्दोलन र धर्नाको कुनै अर्थ हुँदैन’ भन्यौँ । ‘बाटो नदिने, जे हुन्छ हुन्छ, ल बस सबै जना, म बस्छु’ भनेर म आफै अगाडि बसेँ ।
त्यसपछि त नयाँ रणनीति अँगाल्यौँ । जब जब कर्फ्यू घोषणा भयो, कर्फ्यू सुरु हुनुभन्दा एक घण्टा अगाडि नै हामी सडकमा बस्यौँ । कर्फ्यू भइसकेपछि तोड्न जाने होइन, लाग्नुअघि नै सडकमा बस्ने । लागू भइसकेपछि तोड्न सम्भव हुँदैन । किनभने प्रहरीले आफ्नो पोजिसन लिइसकेको हुन्छ । कस्तो कस्तो अवस्थामा फायरिङ हुनसक्छ भन्नेबारे मसँग पुरानो अनुभव पनि थियो । त्यसबाट सिकेर फायरिङ हुन नदिनेगरी अगाडि नै सडकमा तयारी अवस्थामा बस्थ्यौँ ।
तस्विरः ध्रुव बस्नेत
राज्यको सुरक्षा संयन्त्र परिचालन हुनुभन्दा अगाडि हामीले सडकमा पोजिसन लिइसकेका हुन्थ्यौँ । यसरी शान्तिपूर्ण रूपमा बसिरहेका समूहमाथि एक्कासि आक्रमण सम्भव थिएन । कीर्तिपुरमा हामी शान्तिपूर्ण आन्दोलन गर्न सफल भयौँ भन्ने लाग्छ ।
राज्यको सुरक्षा संयन्त्र परिचालन हुनुभन्दा अगाडि हामीले सडकमा पोजिसन लिइसकेका हुन्थ्यौँ । यसरी शान्तिपूर्ण रूपमा बसिरहेका समूहमाथि एक्कासि आक्रमण सम्भव थिएन । कीर्तिपुरमा हामी शान्तिपूर्ण आन्दोलन गर्न सफल भयौँ भन्ने लाग्छ । यही कुरा कलङ्कीमा हुन सकेन, ग्वँगःबुँमा पनि हुन सकेन । कलङ्कीमा त गोलाबारी नै भयो ।
हामी कीर्तिपुरमै व्यस्त थियौँ । यहाँको काम सकिएपछि हामी कलङ्कीमा हेर्न जाँदा त्यहाँ त्यो खालको तयारी थिएन । यो खालको सोचाइ निर्माणका लागि नागरिक आन्दोलनको पुरानो अनुभवले पनि काम गर्यो । हामीले पहिले भोटाहिटी र रत्नपार्कमा पनि सडकमै बसेर नागरिक आन्दोलन गरेका थियौँ । त्यही कुराले कीर्तिपुरमा बेग्लै खालको अवस्था निर्माण गर्न सक्यौँ भन्ने मलाई लाग्छ ।
राजनीतिक उपलब्धि पाइयो, बाँकी छन् आर्थिक–सामाजिक रूपान्तरण
शान्तिपूर्ण आन्दोलनको फलस्वरुप केही उपलब्धि भएका छन् । गणतन्त्र र शान्तिका कुरा पूरा भएको छ । शान्तिको कुरामा माओवादी बन्दुक छोडेर सम्मानजनक रूपमा राजनीतिक प्रक्रियामा सहभागी भए । साथै राज्यको नेतृत्वदायी हैसियतमा पनि पुगे ।
दोस्रो, गणतन्त्रको माग पूरा भएको छ । त्यसको एउटा देखिने बाहिरी आवरणमा राजतन्त्रको अन्य र गणतन्त्रको स्थापना गर्ने कुरामा सफलता प्राप्त गरेका छौँ । गणतन्त्रको सन्दर्भमा लोकतन्त्रका अनेक आधारभूत कुरा छँदैछन् । उदाहरणका लागि, यसको गुणस्तरबारे, यसका मूल्यबारे प्रश्न गर्न सकिन्छ । यो गणतन्त्र कस्तो छ त ? साँचै हामीले खोजेको गणतन्त्र यस्तै हो त ? यस्तै हो त लोकतन्त्र ? यसरी गणतन्त्रका मूल्यबारे, आचरणबारे प्रश्न अहिले मात्रै होइन, पछि पनि उठिरहने छन् ।
राजनीतिक रुपान्तरणको पक्ष कहिलेकाहीँ नागरिकलाई परिचालन गर्न सकियो, उनीहरु सडकमा आए भने सजिलैसित हासिल हुने कुरा रहेछ । तर, सामाजिक आर्थिक रूपान्तरण भने त्यति सजिलैसँग प्राप्त हुँदैन । त्यसका लागि नेतृत्वको क्षमता, नेतृत्वको दृष्टिकोण, उसको व्यवस्थापन शैली, उसको आफ्नै चरित्र पनि महत्त्वपूर्ण हुन्छ ।
मलाई लाग्छ, आवरणमा देखिने कुरामा हामीले राजनीतिक रूपमा सफलता हासिल गर्यौं । त्यसपछि बाँकी रहेको छ, आर्थिक–सामाजिक रूपान्तरणको कुरा । अब यो लामो प्रक्रिया हो । यो भाषण गरेर आउने कुरा होइन । राजनीतिक रुपान्तरणको पक्ष कहिलेकाहीँ नागरिकलाई परिचालन गर्न सकियो, उनीहरु सडकमा आए भने सजिलैसित हासिल हुने कुरा रहेछ । तर, सामाजिक आर्थिक रूपान्तरण भने त्यति सजिलैसँग प्राप्त हुँदैन । त्यसका लागि नेतृत्वको क्षमता, नेतृत्वको दृष्टिकोण, उसको व्यवस्थापन शैली, उसको आफ्नै चरित्र पनि महत्त्वपूर्ण हुन्छ ।
नेताहरु नबदलिने नेपाली राजनीतिमा
हाम्रोमा त राजनीतिज्ञहरु आफू बदलिनुभन्दा पहिले राजनीति बदल्छु, समाज बदल्छु भनेर लाग्छन् । आफू अपवाद भएर पटक्कै नबदलिने चरित्र छ नेपाली राजनीतिमा । सङ्घर्ष गर्दा नेताहरुको एउटा भूमिका हुन्छ, सङ्घर्षपछि उनीहरुको भूमिकासँगै आचरण पनि फेरिन्छ । नेतृत्वमा बस्ने व्यक्तिको आचरण, चरित्र र रहनसहन राजनीतिक परिवर्तनको माग र मर्म अनुकूल हुँदैन । उनीहरुले हिजो परिवर्तनका लागि जुन बाचा गरेका हुन्थे, उनीहरुको आचरण त्योसँग १० प्रतिशत पनि सुहाउँदैन । अहिलेको मूल समस्या त्यही हो । आफू पटक्कै नबदलिने, तर समाजचाहिँ बदल्छु भन्नु खोक्रो नारा भइहाल्यो नि ?
सङ्घर्ष गर्दा नेताहरुको एउटा भूमिका हुन्छ, सङ्घर्षपछि उनीहरुको भूमिकासँगै आचरण पनि फेरिन्छ । नेतृत्वमा बस्ने व्यक्तिको आचरण, चरित्र र रहनसहन राजनीतिक परिवर्तनको माग र मर्म अनुकूल हुँदैन । उनीहरुले हिजो परिवर्तनका लागि जुन बाचा गरेका हुन्थे, उनीहरुको आचरण त्योसँग १० प्रतिशत पनि सुहाउँदैन । अहिलेको मूल समस्या त्यही हो ।
२०६२–६३ को आन्दोलन हाँकेका हाम्रा नेताहरुले ११ वैशाखमा एक दिन मिडिया र सामाजिक सञ्जालमा आन्दोलनलाई सम्झन्छन् । उनीहरुको सम्झना त्यही एक दिनमा सीमित हुन्छ । उनीहरु आन्दोलनको दिवस पारेर भाषणमा आन्दोलनबाट लिने प्रेरणाको कुरा गर्छन् । मलाई लाग्छ, प्रेरणा भन्ने कुरा आफ्नो जीवनमा देखिने कुरा हो । उनीहरुकै जीवनशैलीमा यसले प्रेरित गर्न सकेको छैन । त्यसैले हाम्रो राजनीतिक संस्कार र राजनीतिलाई बुझ्ने जुन सोचाइ छ, म त्यसैमा गम्भीर कमजोरी देख्छु ।
राजनीतिक पार्टीहरु बन्छन्, पार्टीले एउटा सिद्धान्त अपनाउँछ । कसैले मार्क्सवाद समाते, कसैले समाजवाद समाते । उनीहरु त्यसलाई हतियार बनाएर समाज बदल्छु भन्छन् । मेरो प्रश्न के हो भने उनीहरु आफू बदलिनुपर्ने कि नपर्ने ? समाजवादको कुरा गर्ने नेताहरुको, साम्यवादको कुरा गर्ने नेताहरुको दिनचर्या कस्तो छ ? तिनका रहनसहन र घरव्यवहार कस्ता छन् ? धेरैजसो नेताहरुले आफूलाई अपवाद बनाएर समाज परिवर्तन गर्छु भने । योभन्दा बढी सामन्ती सोच अरू केही हुनै सक्दैन । हामी कुराचाहिँ सामन्तवादविरोधी गर्दछौँ, तर सामन्तवादी चरित्रबाट मुक्त हुन सकेका छैनौँ, जतिसुकै क्रान्तिकारी भनेर कसैले आफूलाई दाबी किन नगरून् । मेरो विचारमा नेतृत्वमा बस्ने व्यक्तिको भूमिकाभन्दा उनीहरु व्यक्तित्व अत्यन्तै महत्त्वपूर्ण हुन्छ । उसले आफूलाई उदाहरणका रूपमा प्रस्तुत गर्न नसकेपछि सबै कुरा बेतुक हुन्छ । हामी आन्दोलन राम्रो गर्दछौँ, तर आन्दोलनपछि तीव्र रूपमा त्यसको मूल्यमान्यताको क्षयीकरण पनि गर्दै जान्छौँ ।
राजनीतिशास्त्री खनालसँग रातोपाटीका लागि लोकेन्द्र भट्टले गरेको कुराकानीमा आधारित)