शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नयाँ वर्षको शुरुवात राष्ट्रिय गानबाट (फोटोफिचर)

सोमबार, ०१ वैशाख २०७७, ०९ : ४३
सोमबार, ०१ वैशाख २०७७

काठमाडौँ । आज वैशाख १ गते, विक्रम संवत् अनुसार नयाँ वर्ष । सधैँ हर्षोल्लासका साथ मनाइने नयाँ वर्ष यसपटक भने कोरोनाभाइरस महामारीको कारण खल्लो रह्यो । देश नै लकडाउनको अवस्थामा रहेको बेला नयाँ वर्षको उमंग सबैको घरभित्र सिमित बनेको छ ।

आमजनता घरभित्र सुरक्षित बनिरहेको अवस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारीहरु भने अग्रपंक्तिमा बसेर कोरोनाभाइरसबिरुद्धको ‘युद्ध’ मा खटिएका छन् । त्यही भएर

युनाइटेड नेसन्स ग्लोबल कम्प्याट नेटवर्क नेपाल नामक समूहले नयाँ वर्षमा यसरी फ्रन्टलाइनमा खटिनेहरुको सम्मानका लागि सोमबार बिहान ८ बगे राष्ट्रगान गाउन आह्वान गरेको थियो । यसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले समेत समर्थन गरेका थिए ।

त्यही आह्वानअनुसार आज बिहान ८ बजे विभिन्न स्थानमा राष्ट्रियगान बजाएर नयाँ वर्षलाई स्वागत गरिएको छ । हेरौँ तस्विरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप