केन्द्रीय संस्करण

एक्स्पर्ट एजुकेशनद्वारा २ लाख अस्ट्रेलियन डलरको सहयोग कोष स्थापना

person explore access_timeचैत ३०, २०७६ chat_bubble_outline0

-सीता रसाइली विश्वकर्मा 
अस्ट्रेलिया । अष्ट्रेलिया, नेपाल लगायत अन्य १२ देशहरुमा रहेका  ३२ भिन्न शाखाहरुबाट उच्च शिक्षासम्बन्धि सेवा पुर्याउँदै आएको एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजले कोभिड–१९ बाट प्रभावित विद्यार्थीहरुका लागि सहयोग गर्ने उदेश्यले २ लाख डलरको सहयोग कोष स्थापना गरेको छ।

नेपाल लगायत अन्य १२ देशका करिब पचास हजार विद्यार्थीहरुलाई सेवा दिएको एक्सपर्ट एजुकेसनले प्रभावित विद्यार्थीका लागि दुई लाख डलरको कोष स्थापना गरेको जानकारी दिएको हो ।  उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आएका  विद्यार्थीहरु अझ बढी प्रभावित भएको भन्दै आफु मातहत रहेर विविध सहयोग गरिने वेबसाइटमार्फत जनाइएको छ।

एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजका डाइरेक्टर बद्री अर्यालले  कोभिड १९ का कारण अष्ट्रेलियामा अध्यनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई पर्नसक्ने विविधि समस्याहरुमा सहयोगी भूमिका निर्बाह गर्न उक्त कोष परिचालन गरिने  जानकारी दिएका छन् ।  

घोषित २ लाख अष्ट्रेलियन डलर सहायता कोषमध्येबाट ५० हजार डलर  अस्ट्रेलियामा रहेर अन्य अन्तराष्ट्रिय विद्यार्थीहरुको सहयोगमा क्रियाशील विभिन्न सामाजिक संघ–संस्थाहरु मार्फत सहयोग गरिनेछ भने एक लाख पचास हजार डलर एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजमार्फत सहयोग गरिने जनाइएको छ। त्यसमा पछिल्लो ६ महिना यता (१ अक्टोबर २०१९ देखि हालसम्म) अष्ट्रेलिया आएका विद्यार्थीहरु (जो पार्ट–टाइम काम पनि नपाएका, काम पाएर पनि गुमाएका) अष्ट्रेलियाका विभिन्न राज्यमा रहेका विधार्थीहरुलाई समेटिने जनाइएको छ ।

त्यसका लागि समस्यामा परेका विधार्थीहरुले एक्स्पर्ट एजुकेसन  एण्ड भिसा सर्भिसेजका भिन्न राज्यहरुमा रहेका कार्यलयमा सम्पर्क गर्न सक्ने समेत जनाइएको छ भने त्यसका लागि वेभसाइटमार्फत आफ्नो विवरण दर्ता गर्न सकिने जनाइएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.