कोरोना कोषमा हिमालय एयरलाइन्सको १ करोड योगदान
आइतबार, ३० चैत २०७६, १८ : ३९
![कोरोना कोषमा हिमालय एयरलाइन्सको १ करोड योगदान](https://rpcdn.ratopati.com/media/albums/COVID_-19_Fund_handover_by_H9_0bdOlqUnTk.jpg)
काठमाडौं– नेपाल सरकारको कोरोनाभाइरस (कोभिड–१९)संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा हिमालय एयरलाइन्सले एक करोड रुपैयाँ योगदान गरेको छ ।
नेपाल र चीनको संयुक्त लगानीमा संचालीत हिमालय एयरलाइन्सले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईलाई चेक रकम हस्तान्तरण गरेको हो ।
एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले आज मन्त्री भट्टराईलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
एयरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोनाभाइरस रोकथामका लागि सरकारी कोषमा उक्त रकम जम्मा गरिएको एक विज्ञप्तीमार्फत जानकारी दिएको छ ।