बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना कोषमा हिमालय एयरलाइन्सको १ करोड योगदान

आइतबार, ३० चैत २०७६, १८ : ३९
आइतबार, ३० चैत २०७६

काठमाडौं– नेपाल सरकारको  कोरोनाभाइरस (कोभिड–१९)संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा हिमालय एयरलाइन्सले एक करोड रुपैयाँ योगदान गरेको छ ।

नेपाल र चीनको संयुक्त लगानीमा संचालीत हिमालय एयरलाइन्सले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईलाई चेक रकम हस्तान्तरण गरेको हो ।

एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले आज मन्त्री भट्टराईलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।  

एयरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोनाभाइरस रोकथामका लागि सरकारी कोषमा उक्त रकम जम्मा गरिएको एक विज्ञप्तीमार्फत जानकारी दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप