नेपालमा कोरोना संक्रमितको संख्या १२ पुग्यो
काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १२ पुगेको छ । पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २ को छपकैया स्थित मस्जिदमा बस्दै आएका ३ जनामा कोरोनाभाइरसको पुष्टि भएसँगै संक्रमितको संख्या १२ पुगेको हो ।
संक्रमति तीन जना वर्ष ३७, ५५ र ४४ पुृरुष रहेको उनीहरुलाई कोरोनाको आशंकामा नारायणी अस्पताल वीरगन्जको आईसोलेशनमा राखिएकोमा नमुना कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौडा र केन्द्रीय प्रयोगशाला टेकुमा परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि कोरोना संक्रमण पुष्टि भएका ८ जनाको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ४ जनाको सेती अस्पताल, २ जनाको बागलुङ र बाँकी २ जनाको टेकुमा उपचार भइरहेको हो। उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।
यसैबीच सुरुमा संक्रमण पुष्टि भएका एक जना बिरामी भने यसअघि नै निको भएर घर फर्किसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण



