शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एमबाप्पेले पीएसजी छाड्ने चर्चा

आइतबार, ३० चैत २०७६, १५ : ०९
आइतबार, ३० चैत २०७६

एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का युवास्टार केलियन एमबाप्पेले पीएसजी छाड्ने चर्चा सुरु भएको छ । एमबाप्पे छिट्टै पीएसजी छाडेर स्पेनिस क्लब रियल म्याड्रिड जान लागेको समाचार बाहिर आएको छ । पीएसजीका पूर्व खेलाडी जेरोमी रोथेनले एमबाप्पेले पीएसजी छाड्न लागेको बताए ।

फ्रान्सकै रेडियो मोन्टेकार्लाेसँगको कुराकानीमा रोथेनले कोरोना भाईरसको संक्रमण सुरुहुनु अघिनै एमबाप्पे रियलसँग अनुबन्धको नजिक पुगेको दावी पनि गरेका छन् । ‘एमबाप्पेले पीएसजीमा नविकरण सम्झौता गर्दैनन् । उनी अर्को सिजन रियल जाने पक्का हो । मलाई लाग्छ, उनले रियलमा सम्झौता गरिसकेको हुन सक्छ,’ रोथेनल भने ।

एमबाप्पे रियलका प्रशिक्षक जिनेदिन जिदानको नजरमा परेकोले पनि रियल जाने निश्चित भएको रोथेनले बताए । २१ वर्षीय एमबाप्पे सन् २०१७ मा मोनाकोबाट लोनमा पीएसजी आएका थिए । पीएसजीमा एमबाप्पेको सम्झौता २०२२ सम्म रहेको छ । पीएसजी अहिले फ्रेन्च लिगको शीर्षस्थानमा छ ।

पीएसजीले २७ खेलबाट ६८ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको मार्सेलीको ५६ अंक र तेस्रो स्थानमा रहेको रेनेसको ५० अंक छ । पछिल्लो समय प्रशिक्षक थोमस टुचेलसँगको चिसो सम्बन्ध र च्याम्पियन्स लिगमा सोचेजस्तो प्रदर्शन नभएपछि एमाबप्पेले रियलको बाटो तताउन लागेको बताइएको छ ।

एमबाप्पे अघिनै ब्राजिलियन सुपरस्टार नेयमार पीएसजी छाडेर स्पेनिस क्लब बार्सिलोना जान लागेका छन् । एडिन्सन काभनी र माउरो इकार्डीले पनि यसअघिनै क्लब छाड्ने बताइसकेका छन् । त्यसैले स्टारहरुले छाड्दाको पीएसजी कस्तो होला भन्ने चर्चा पनि सुरु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप