शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नाकामा अलपत्र परेकालाई स्वदेश फर्काउन राजपा नेपालको माग

आइतबार, ३० चैत २०७६, १५ : ०४
आइतबार, ३० चैत २०७६

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले नाकामा अलपत्र रहेकालाई स्वदेश फर्काउन माग गरेको छ । आज सो पार्टीका अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले एक विज्ञप्ति जारी गर्दै  नेपाल र भारतको सिमा नाकामा अलपत्र रहेका नेपाली नागरिकलाई स्वदेश ल्याउन आग्रह गरेका हुन् । 

कोरोना भाइरसको संक्रमण र त्यसपछिको लकडाउनपछि सीमा नाकामा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउँदा स्वास्थ्य जाँच गर्न र स्वास्थ्य जाँचपछि शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राख्न समेत उनले आग्रह गरेका छन् । 

कोरोना भाइरसको महामारी दिनानुदिन झन बढ्दै गइरहेको अवस्थामा पनि सरकार गम्भीर र जिम्मेवार नबनेको गुनासो गर्दै उनले यस माहामारीबाट जोगिन तथा लकडाउनलाई प्रभावकारी बनाउन धैर्यताका साथ आआफ्नो घरमै बस्न सम्पूर्ण नागरिकसँग अपिल पनि गरेका छन् । 

उनले यस्तो महामारीको बेलामा पनि सरकारद्वारा अत्यावश्यक स्वास्थ्य सामाग्री हालसम्म पनि पर्याप्त मात्रामा उपलब्ध गराउन नसक्नु दुःखद रहेको उल्लेख गर्दै खरिद प्रक्रियामा अनियमितता र भ्रष्टाचारको खबरले जनमानसमा अत्यन्तै खराब सन्देश गरेकोले त्यसको सत्यतथ्य छानबिन गरि दोषीमाथि कडा कारवाहीको माग गरेका छन् । 

अत्यावश्यक उपभोग्य वस्तु र राहत सामग्रीहरु वडा तहबाटै आम नागरिकसम्म पुर्याउने निर्णय सरकारले गरे पनि हालसम्म कार्यान्वयन नआएको हुनाले केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहालाई जिम्मेवार हुन उनले आग्रह गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप