शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

१० करोड बढी आर्थिक सहयोगपछि अब सलमान खानले मजदुरका लागि पठाए ट्रकभरी खाद्य सामग्री

आइतबार, ३० चैत २०७६, १२ : ४५
आइतबार, ३० चैत २०७६

कोरोनाभाइरसका कारण दैनिक ज्यालादारीमा निर्भर मजदुर बढी मारमा छन् । भारतमा यस्ता मजदुरको सहयोगमा विभिन्न सेलिब्रिटी अघि सरेका छन् । तीमध्ये बलिउड नायक सलमान खानले त्यस्ता मजदुरहरुको विशेष ध्यान दिएका छन् । यसअघि सलमानले १६ हजार दैनिक ज्यालादारी मजुरलाई आर्थिक सहयोग गरेका थिए । अब उनले फिल्मी उद्योगमा काम गर्ने दैनिक ज्यालादारी मजदुरका लागि ट्रकभरीको खाद्य सामग्री उनीहरुका लागि पठाएका छन् ।

सलमानले फिल्मी उद्योगका मजदुरका लागि यसअघि १०.५० करोड आर्थिक सहयोग गरिसकेको भारतीय संचारमाध्यमले जानकारी दिएको छ ।

सलमानका सहयोगी बाबा सिद्दीकीले यो ट्रकको तस्बिर सोसल मिडियामा सेयर गरेका छन् ।  

खाद्य सामग्रीले भरिएको ट्रकहरुको तस्बिर पोष्ट गर्दै बाबा सिद्दीकीले सलमानलाई धन्यवाद दिँदै लेखे, ‘दैनिक ज्यालादारी श्रमिकप्रति तपाईंको उदार योगदानका लागि धन्यवाद । जब सहयोगको कुरा आउँछ तब तपाईं सबैभन्दा एक कदम अगाडि नै आउनुहुन्छ । र तपाईंले पुनः एकपटक यो प्रमाणित गरिदिनुभएको छ ।’

सलमानको यस्तो कदमपछि प्रशंसकले उनको अत्यधिक तारिफ गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप