शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिजी डिजिटल एपबाट सामान खरिद गर्दा ५ प्रतिशत छुट

आइतबार, ३० चैत २०७६, १२ : ४३
आइतबार, ३० चैत २०७६

काठमाडौं– चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्सको अनलाइन एप सिजी डिजिटलबाट सामान खरिद गर्दा पाँच प्रतिशत छुट पाइने भएको छ ।

सिजी डिजिटल एप आफ्नो मोबाइलमा डाउनलोड गरी हरेका घरायसी सामाग्रीको पहिलो खरीदमा थप पाँच प्रतिशत छुट पाउन सकिने छ । यो एप प्ले स्टोर तथा एप स्टोरमा डाउनलोड गर्न सकिनेछ । यो योजना सिमित अविधीको लागि मात्र लागू गरिएको छ ।

घरायसी सामाग्रीको खरीद पछि फ्री डेलिभरी सहित क्यास अन डेलिभरी अथवा घरमै बसेर आफ्नो बैंक खाताबाट पनि भुक्तानी गर्न सकिनेछ । अब घरमै बसेर एपको माध्यमबाट घरायसी समाग्री खरीद गर्न सकिनेछ र घरमेै डेलिभरीको पनि व्यवस्था सिजीले गरेको छ ।

सिजीले हाललाई डेलिभरीको सुबिधा केही समयको लागि स्थगित गरिएको छ, तैपनी ग्राहकहरुले सामाग्री किनेमा उक्त सामाग्री अहिले को परिस्थिती अनुकुल भएपछी डेलिभरी गर्ने कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप