शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनसेलको ‘न्यु इयर अफर’: डाटा र एसएमएस सेवा अब लोनमा

आइतबार, ३० चैत २०७६, १२ : २१
आइतबार, ३० चैत २०७६

काठमाडौं– एनसेलका प्रिपेड ग्राहकले अब आफुसँग मेन ब्यालेन्स नभएपनि डाटा र एसएमएस सेवाको फाइदा लिन सक्नेछन् ।

नयाँ वर्ष २०७७ को अवसरमा एनसेल प्राइभेट लिमिटेडले आफना ग्राहकलार्ई सम्पर्कमा रहिरहन थप मद्दत पुर्याउँदै शनिबार (चैत्र २९) बाट नयाँ योजना ल्याएको छ । जसअन्तर्गत ग्राहकले अब डाटा र एसएमएस सेवासहितको प्याक वा एसएमएस प्याक पछि शुल्क तिर्ने गरी (लोनमा) खरिद गर्न सक्छन् । 

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसले विश्वनै त्रसित भईरहेको विपद्को परिस्थिती र लकडाउनले गर्दा ग्राहकहरुले सहज रुपमा आफ्ना परिवारका सदस्यहरु र साथीभाइहरुसँग सम्पर्कमा रहन तथा नव वर्षको शुभकामना आदानप्रदान गर्न आफ्नो व्यालेन्स रिचार्जमा कठिनाई भोगिरहेका हुन सक्छन् । त्यसैले एनसेलले सजिलै डाटा र एसएमएस सेवामा पहुँच सुनिश्चित गर्न यो नयाँ योजना ‘न्यु इयर अफर’ल्याएको हो । 

डाटा र एसएमएस सेवा प्याकका रुपमा लिई तोकिएको शुल्क पछि तिर्न मिल्ने यो पहिलो यस किसिमको अफर हो । यस अफर अन्तर्गत एनसेलका ग्राहकले २५० एमबी डाटा र २५० एसएमएस प्याक कर सहित मात्र रु २० मा सुचारु गर्न सक्छन् । ग्राहकले आफुसँग शुन्य ब्यालेन्स रहेको अवस्थामा पनि यो प्याक लोनमा सुचारु गरी डेटा र एसएमएस सेवाको फाइदा लिन सक्छन् । यो प्याकअन्तर्गत पाइने डाटा र एसएमएस भोलुम सुचारु भएको दिन देखि ५ दिनको लागि मान्य रहन्छ । 

आफ्नो आवश्यकताअनुसार ग्राकहले एसएमएस सेवा मात्र पनि प्याक रुपमा लिन सक्छन् । ग्राहकले लोनमा नै २५० वटा एसएमएस रहेको प्याक कर सहित मात्र रु १० सुचारु गर्न सक्छन् । सुचारु गरिएको एसएमएस प्याक ५ दिनको लागि मान्य रहनेछ । 

ग्राहकले एस्ट्रिक्स९९८८एस्ट्रिक्स७७ह्यास डायल गरी आफ्नो आवश्यकताअनुसार डेटा र एसएमएस बन्डल प्याक वा एसएमएस प्याक लोनमा सुचारु गर्न सक्छन् । 

विगत दुई महिना देखि एनसेलको सिम प्रयोग गरिरहेका र मेन ब्यालेन्स रु ५ भन्दा कम भएका एनसेलका प्रिपेड ग्राहकले मात्र यीे प्याकहरु सुचारु गर्न सक्छन् । ग्राहकले आफ्नो मेन ब्यालेन्स रिचार्ज गरे पछि प्याकको तोकिएको शुल्क स्वतः काटिने छ । यस बाहेक अन्य शुल्क लाग्ने छैन । 

ग्राहकले आफ्नो आवश्यकताअनुसार कुनै पनि समयमा जति पटक पनि यो सेवा लिन सक्छन् । यद्यपि सेवा सुचारु गर्नुभन्दा पहिला पुरानो लोनको रकम चुक्ता गरेको हुनु पर्दछ । 

कोरोनाभाइरस रोगका कारण सामाजिक दुरी कायम गर्दै सबै आ–आफ्नो घरमा बसिरहेको अवस्थामा, यस अफरले ग्राहकलाई आफ्ना परिवारका सदस्यहरु र साथीभाइसँग सम्पर्कमा रहिरहन थप मद्दत गर्ने विश्वास एनसेलले लिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप