बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

डाक्टर, नर्सप्रति जीवनभरी कृतज्ञ रहनेछुः बेलायती प्रम बोरिस

आइतबार, ३० चैत २०७६, १२ : ०५
आइतबार, ३० चैत २०७६

बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले आफ्नो उपचारमा खटिरहेका ती डाक्टर र नर्सप्रति जीवनभरी कृतज्ञ रहने बताएका छन् ।

उनले शनिबार एक वक्तव्य जारी गर्दै नेशनल हेल्थ सर्भिस (एनएचएस) का सेन्ट थोमस अस्पतालमा कार्यरत कर्मचारीलाई जतिपटक धन्यवाद दिएपनि त्यो कम हुने बताएका छन् ।

गत आइतबार अस्पताल भर्ना भएपछि उनले पहिलो पटक वक्तव्य जारी गरेका हुन् ।

कोरोनाभाइरसद्वारा संक्रमित पाइएको केही दिनपछि बोरिसलाई उपचारका लागि अस्पताल लगिएको थियो जहाँ उनलाई केही दिन अघि आइसीयूमा भर्ना गरिएको थियो ।

उनको स्वास्थ्यस्थितीमा सुधार भइरहेको बताइएको छ । तर उनी स्वस्थ भइसकेको केही दिनसम्म पनि काम गर्न नसक्ने बुझिएको छ ।

यता उनको अनुपस्थितीमा विदेशमन्त्री डोमिनिकले उनको जिम्मेवारी सम्हालिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप