कोरोनाभाइरससँग संसारभरीका मानिस कसरी जुधिरहेका छन् ? (फोटोफिचर)
यहाँ यस्ता तस्बिर दिइएका छन् जसले विभिन्न देशमा कोरोनाभाइरससँग मानिसहरु कसरी लडिरहेका छन् भनेर दर्साउँछ ।
इन्डोनेशियाको बोगोरमा रहेको एक होटलले कोरोनाभाइरससँग लडिरहेका स्वास्थ्यकर्मीको हौसला बढाउनका लागि अँध्यारोमा बत्तीले ‘मुटुको आकार’ बनाए ।
ब्राजिलमा कोरोनाभाइरसका कारण लागेको प्रतिबन्धबीच क्याथेड्रल अफ ब्रासिलियामा आइतबार बेलुका मानिसहरुलाई प्रार्थनासभामा समावेश हुन दिइएन । यो प्रार्थना बन्द क्याथेड्रलभित्र भयो जसलाई सोसल मिडियामा लाइभमार्फत् देखाइयो ।
इजराइलको कब्जायुक्त वेस्ट बैंकको हेब्रोनमा कोरोनाका कारण मानिसहरुलाई घरमै बस्न सल्लाह दिइयो । यो तस्बिरमा दुई व्यक्ति जोकरको पहिरनमा घरमा बन्द प्यालेस्टिनी बच्चालाई मनोरञ्जन प्रदान गर्ने योजनामा यसरी बाहिर निस्किए ।
ब्रिटेनको वेस्टमिन्स्टरमा रहेको सर विन्स्टन चर्चिलको मूर्ती नजिकै प्रधानमन्त्री बोरिस जोनसनका लागि एक व्यक्तिले एउटा सन्देश दिए । यसमा उनको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरियो । प्रधानमन्त्री जोनसोनमा कोभिड–१९ को संक्रमण भेटिएका कारण हाल उपचारका लागि अस्पताल भर्ना भएका छन् ।
इक्वाडोरमा कोरोना भाइरसद्वारा अत्यधिक प्रभावित शहर गायाकिलमा एक चिहान बाहिर मृतक आफन्तलाई प्रतिक्षा गरिरहेका व्यक्तिहरु । यहाँ मुर्दाघरमा शव अत्यधिक भएकोले शवलाई थुप्रै दिनसम्म घरमा राखिँदैछ ।
कोरोनाभाइरस महामारीसँग जोडिएको महारानी एलिजाबेथ द्विीतीयको सम्बोधनलाई २.४ करोड व्यक्तिले टिभीमा हेरे । महारानीले कोरोनाका बेला काम गरिरहेका डाक्टरको प्रशंसा गर्दै मानिसहरुलाई ‘मुश्किलको यो घडीमा एकजुटता र धैर्यता देखाउन’ आग्रह गरिन् । उनले यो महामारी चाँडै नै समाप्त हुने आशासमेत व्यक्त गरिन् ।
संसारभरी फैलिएको कोरोना भाइरस महामारीबीच थाइल्याण्डको सुवर्णभूमिमा रहेको एक अस्पतालमा नर्सले नवजात शिशुको अनुहारलाई मास्कले ढाकिरहेका छन् ।
उत्तरी मेसेडोनियामा स्कोपिएमा अप्रिलको पिंक सुपरमुन यस्तो देखियो । पिंक सुपरमुनको नाता कुनै विशेष रंगसँग त छैन । यतिबेला उत्तरी अमेरिकाको जंगलमा फुल्ने फूलको रङ्गका कारण चन्द्रमालाई यो नाम दिइएको हो ।
चीनको ऊहान जहाँबाट कोरोनाभाइरस फैलन सुरु भएको थियो, त्यहाँ अब मानिसहरुको दिनचर्या सामान्य हुन थालेको छ । यो तस्बिर ऊहानको डोंगफेंगमा भएको होन्डा प्लान्टको हो जहाँ कर्मचारीहरु मास्क लगाएर काम गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवी राईलाई पक्राउ गर्न मलेसियाको गृहमन्त्रीसँग कुरा गरेको थिएँ : रवि लामिछाने
-
फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन
-
आत्मानन्द गोल्डकप : सिरिजङ्घाको विजयी सुरुवात
-
‘नेपाली साहित्यमा महिलाको भाषा आउनुपर्छ’
-
सोमबार प्रधानमन्त्रीले चीन भ्रमणका विषयमा छलफल गर्ने
-
कुनै पनि उडान प्रभावित नपार्न पाइलटहरुलाई निगमको अनुरोध