केन्द्रीय संस्करण
लकडाउन डायरी

नेकपा नेता दीनानाथ शर्माको लकडाउन डायरी : मेरो समय खोइ ?

कोरोनाको गृहबन्दी बनेर बस्दा

person explore access_timeचैत ३०, २०७६ chat_bubble_outline0

 

 

कोरोनाभाइरस विश्वव्यापी महामारीको रुपमा फैलियो । यसको रोकथामका लागि नेपाल सरकारले पनि लकडाउन घोषणा गर्यो । लकडाउन घोषणासँगै मन उद्छेलित र चञ्चल हुन थाल्यो । मानिसहरुलाई लकडाउनको बेला कोरोनाको गृहबन्दी बनेर कसरी बिताउने भन्ने चिन्दा बढ्यो । तर मैले भने यो फुर्सदको समयलाई कसरी अत्यधिक उपयोग गर्ने बारे मन मनै उत्साहपूर्वक योजना बुन्न थालेँ ।  लेखपढमा समय विताउन पाइने भयो भनेर मन फुरुङ्ग भयो ।

गोरखापत्रलाई लेख दिन पाएको थिइन । सरकारले लकडाउनको घोषणा गरेलगतै ‘कोरोनाको कहर’ भन्ने लेख लेखेर तुरुन्तै पठाए । प्रकाशित पनि भयो । २०७६ सालमा मेरो निबन्ध संग्रह ‘झरिको सौन्दर्य’ र ‘समयको छाल’ कविता संग्रह प्रकाशित भएको थियो । २०७७ सालमा पनि एक दुई वटा कृति पस्कनु पर्ने छँदै छ । यही मौका छोपेर ‘कोभिड–१९को सन्देश’, ‘कोरोनाको मनोवैज्ञानिक त्रास’, ‘समयको महत्व’ र ‘साँच्चै समय कहाँ गयो ?’ भन्ने चारवटा निबन्ध लेखिएको छ । यीसँगै १७/१८वटा निबन्ध भइसकेका छन् । अब २÷४वटा थपेर प्रकाशन हुने भयो भनेर मन त्यसै फुरुङ्ग भएको छ ।

सि साँच्चै अन्तर्राष्ट्रिय नेता हुन् । उनको सोच्ने तरिका र विचारको क्षितिज निकै फराकिलो पाएँ । कुनै एउटा नश्ल, जाति, धर्मको र देशको लागि मात्रै नभएर विश्व मानव जातिको समृद्धि र मानवताको पक्षमा चोखो र सफा सोच भएको नेता भएको अनुभूति भयो ।


यता दराजमा पालो पर्खेर बसेका छन् थुप्रै महत्वपूर्ण पढ्नै पर्ने पुस्तकहरु, ‘यतिखेर तिमीहरु सित खेलेर समय बिताउँछु’ भन्दै हात बढाएँ । सि चिनफिङको ‘चीनको शासन व्यवस्था’ भन्ने पुस्तक मसिनो गरी पढें । सि साँच्चै अन्तर्राष्ट्रिय नेता हुन् । उनको सोच्ने तरिका र विचारको क्षितिज निकै फराकिलो पाएँ । कुनै एउटा नश्ल, जाति, धर्मको र देशको लागि मात्रै नभएर विश्व मानव जातिको समृद्धि र मानवताको पक्षमा चोखो र सफा सोच भएको नेता भएको अनुभूति भयो ।

केही समय देखि नेपाली भाषा साहित्य संस्कृति कलाको विषयमा अध्ययन गर्ने विचारले केही सामाग्री सङग्रह गरेको छु । केही आलेख तयार पनि छन् । सत्यमोहन जोशीद्वारा लिखित ‘कलाकार अरनिको’ पढ्ने यति बेलै मौका छोपे । बी.पी.को आफ्नो कथा एक पटक अलि पहिले पढेको थिए । बी.पी.को लेखनशैली मन पर्छ । गहन र खदिलो साहित्य र राजनीतिको समायोजना पाउँछु बी.पी.मा । त्यो फेरि पढ्न मन लाग्यो र पढें । केही समय पहिले डेनमार्कबाट फर्किदा कोपन हेगन एयरपोर्टमा यूभल नोह हरारीको A Brief History of Humankind, 169 Sapiens किनेर पढ्दै आएको थिएँ । केही पढ्न बाँकी थियो, त्यसलाई न्याय दिन पर्यो भनेर टेबुलमा राखेको छु ।

 

बी.पी.को लेखनशैली मन पर्छ । गहन र खदिलो साहित्य र राजनीतिको समायोजना पाउँछु बी.पी.मा । त्यो फेरि पढ्न मन लाग्यो र पढें । केही समय पहिले डेनमार्कबाट फर्किदा कोपन हेगन एयरपोर्टमा यूभल नोह हरारीको A Brief History of Humankind, 169 Sapiens किनेर पढ्दै आएको थिएँ । केही पढ्न बाँकी थियो, त्यसलाई न्याय दिन पर्यो भनेर टेबुलमा राखेको छु ।


मैले डायरी पनि लेख्ने गर्छु । पुराना डायरीहरुको चाङ् छ । पुराना दिनको स्मरण गर्न डायरी पल्टाएर आनन्द लिन्छु । ‘जनयुद्ध डायरी’ प्रकाशित गर्ने एक वर्षदेखिको योजना हो । यसबेला त्यसलाई सम्पादन गर्न केही समय दिँदै छु ।

कोरोनाको गृहबन्दी भएको बेला मानिसलाई समय विताउन निकै कठिन भएको छ । कोरोनाभाइरसको त्रास एकातिर छ । विश्वभरी मानिसको मृत्युको खवरले सवैको मन दुखेको छ । विभिन्न देशमा छरिएका नेपाल आमाका सन्तानको मृत्युको खबरले झन छिया छिया भएको छ सवैको मन । विश्व अर्थतन्त्र चौपट हुँदै छ । करोडौं श्रमिकको रोजगारी गुम्दैछ भन्ने खबरले सवैको मन झस्केका छन् । यो अवस्थामा मानिसहरु विचलित र विक्षिप्त हुने खतरा उत्तिकै छ । जर्मनको हेसेन राज्यका अर्थमन्त्रीले आर्थिक संकट आउने डरले आत्महत्या गरे । यो समयमा हाम्रा मनलाई नियन्त्रणमा राख्न घरभित्रै सक्रिय हुने योजना बनाउनुपर्छ सवैले । प्राकृत विपतबाट विचलित होइन बरु धैर्यतापूर्वक सहज दिनको प्रतिक्षा गर्नुपर्छ । रात पछि उज्यालो हुन्छ भन्ने प्राकृत नियम भुल्नु हुँदैन ।

मेरो समय खै ?

मेरो समय व्यस्ततामा बितेको छ । त्यसैले मैले मेरो समय खोइ ? भनेर खोज्न थालेको छु । म बिहानमा नित्य ५:०० बजेसम्म उठिसक्छु । कोरोनाको लकडाउन नहुँदा प्रातकालिन हिँडाइको समय हुन्थ्यो । तर यतिखेर एक घन्टालाई तीन भागमा बाडेर २० मिनेट ट्रेडमिलमा हिड्ने, २० मिनेट योग र २० मिनेटको ध्यानमा बिताउँछु । यसले शरीर र मनलाई निर्मलीकरण गर्छ ।

ठीक ६:०० बजे थाइराइडको गोली खाएपछि दार्ही नबनाइ मनले पटक्कै मान्दैन । सवा ६ बजे हल्का विरेनून पानी सहितको मनतातो कागती पानीसित एक पोटी लसुन अनिवार्य लिने गरेको छु । एकै छिनपछि दुई पाता विस्कुट र चिया पिउँछु । यो सवै विहानको लेखाई पढाईसँगै हुन्छ । मेरो विहान लेखपढमा वित्छ । फुर्सद निकालेर पत्रिका पढिहाल्छु ।

८:०० देखि ८:३० को बीचमा हल्का नास्ता चाहिन्छ । खानामा प्राय ओट, सेवइ, पाउरोटी र उमालेको अण्डा समेत हुन्छ । फर्सिको वियाँ, ओखर, बदाम, काजु र पिस्ता दुईचार वटा मिसाइन्छ ।


मासु खान छाडेको निकै भयो । विहानको खानामा नेपाली भान्सामा पाक्ने ढिडो, आटो, उसिनाको भात मेरो लागि अलग्गै बन्छ । दाल, साग, तरकारी, अचार नियमित नै हुन्छ । परिवारमा हामी नौं जना छौं । हामी कोही पनि धुम्रपान, मध्यपान गर्दैनौं । खानपीन, आहारविहार सात्विक छ । शिक्षित परिवार हो मेरो । स्वास्थ्य प्रति सबै सचेत छन् । सबैको ख्याल सरलाले गर्छिन् ।


१०:०० देखि ११:०० बजे भित्र खाना खान्छु । मासु खान छाडेको निकै भयो । विहानको खानामा नेपाली भान्सामा पाक्ने ढिडो, आटो, उसिनाको भात मेरो लागि अलग्गै बन्छ । दाल, साग, तरकारी, अचार नियमित नै हुन्छ । परिवारमा हामी नौं जना छौं । हामी कोही पनि धुम्रपान, मध्यपान गर्दैनौं । खानपीन, आहारविहार सात्विक छ । शिक्षित परिवार हो मेरो । स्वास्थ्य प्रति सबै सचेत छन् । सबैको ख्याल सरलाले गर्छिन् ।

घरमा तीन जना नाति नातिना छन् । केही समय उनीहरुलाई दिनै पर्यो । साँझ ८:०० बजे भित्र खाएर भ्याइन्छ । ८:०० बजेदेखि १०:०० बजेसम्म परिवारसँग बसेर टी.भी. हेरिन्छ । नेपाली समाचार बाहेक सिएनएन, बिबिसी, अलजजिरा, सीजीटीएन र भारतीय च्यानल हेरिन्छ । भारतीय च्यानलको प्रस्तुति यो बेला पनि अतिरञ्जीत र आग्रही लाग्छ । भारतका अल्पसङ्ख्यक मुस्लिम समुदाय कोरोना र सत्ताको हिन्दु अतिवादबाट प्रताडीत भएका छन् । नेपालले विहार तिर कोरोनाको घुसपेट गर्दै छ भन्ने प्रचार गरेर आफ्नो छुद्रता प्रदर्शन गर्न पछि परेनन् । यता दुई प्र.म. ओली र मोदीको सौहार्द वार्ता हुन्छ उता नेपालले भारतको विहारमा कोरोनाको घुसपेट गर्दैछ भन्ने प्रचार हुन्छ । कोरोना यो दुनियाको साझा दुश्मन हो । सबै मिलेर यसलाई परास्त गर्नु आजको आवश्यकता हो । कसैलाई घोचपेच गर्ने, भ्रम छर्ने समय जनचेतना र सही सूचना सम्प्रेषण गर्नु मिडियाको धर्म हो । नेपालमा भारतबाट संक्रमित भएर आएका दुई जना समेत गरी आजको दिनसम्म जम्मा आठ जनाले अस्पतालमा उपचार गराउँदैछन् । देशमा नाकाबन्दी छ । अन्यत्र कतै संक्रमित भेटिएको छैन । झूटको पुलिन्दा पस्केर छिमेकीलाई चिढाउने भारतीय मिडियाको शैली निन्दनीय छ ।


भारतीय च्यानलको प्रस्तुति यो बेला पनि अतिरञ्जीत र आग्रही लाग्छ । भारतका अल्पसङ्ख्यक मुस्लिम समुदाय कोरोना र सत्ताको हिन्दु अतिवादबाट प्रताडीत भएका छन् । नेपालले विहार तिर कोरोनाको घुसपेट गर्दै छ भन्ने प्रचार गरेर आफ्नो छुद्रता प्रदर्शन गर्न पछि परेनन् ।


मेरो घरमा पनि दुई जना मिडियाकर्मी छन् । जेठो छोरा र कान्छी बुहारी मिडिया क्षेत्रमा कार्यरत छन् । उनीहरुलाई लकडाउनमा एकछिन फुर्सद छैन । मिडियाकर्मीहरु यस्तो अवस्थामा पनि आफ्नो कर्ममा उत्तिकै लिन छन् । जोखिम मोलेरै मिडियाकर्मी खटिरहेका छन् । डर र त्रासलाई जितेर प्रियजन कर्तव्यपथमा लागिपरेको देख्दा सन्तोष लाग्छ ।

लकडाउनलाई मैले राम्रैसँग उपयोग गरेको छु । मलाई कोरोनाको गृहबन्दीले पटक्कै असर गरेको छैन । सरकारले लकडाउनको समय बढाए पछि मलाई झन खुशी लाग्यो । मेरा थाती रहेका योजना पुरा गर्न समय उपयोगी हुनेछ ।

समय कालीको छालझै बगिरहेको छ । समयको छाललाई समाएर अझै अत्यधिक उपयोग गर्न सकेको छैन । त्यसैले मलाई दोहोर्याउन मन लाग्छ मेरो समय खोइ ?

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.