रामायणको ज्ञानबारे मुकेश खन्नाले सोनाक्षी सिन्हामाथि उठाएका थिए प्रश्न, शत्रुघ्न सिन्हाले दिए कडा जवाफ
लकडाउनको समयमा भारतीय टिभी च्यानलमा रामायण र महाभारतजस्ता पौराणिक श्रृङ्खलाको पुनः प्रसारणले प्रशंसकलाई खुसी बनाइदिएको छ । यस्तै, कौन बनेगा करोडपती ११ मा रामायणमाथि सोधिएका एक प्रश्नको जवाफ दिन नसकेका कारण सोनाक्षी सिन्हा अहिलेसम्म पनि पन्छिन सकेकी छैनन् । एक अन्तर्वार्तामा महाभारतका नायक मुकेश खन्नाले सोनाक्षीसँग जोडिएको यो विवाद पुनः कोट्याएका छन् ।
उनले उक्त टेलिश्रृङ्खलाको पुनः प्रसारणले पौराणीक गाथाबारे केही थाहा नभएका व्यक्तिलाई सहयोग गर्ने बताएका थिए । त्यतिबेला उनले सोनाक्षी सिन्हाको पनि नाम लिएका थिए जसले केबीसी ११ मा हनुमानले कसका लागि संजीवनी बुटी ल्याएका थिए भन्ने प्रश्नको जवाफ दिन सकेकी थिइनन् । यस्तोमा सोनाक्षीमाथि मुकेश खन्नाको टिप्पणीपछि उनको बचाउमा उनका पिता शत्रुघ्न सिन्हा उत्रिएका छन् ।
शत्रुघ्नले दिए कडा जवाफः
एक अन्तर्वार्तामा शत्रुघ्नले भने, ‘मलाई लाग्छ कि रामायणबारे सोधिएको प्रश्नको जवाफ दिन नसक्दा कसैलाई सोनाक्षीमाथि समस्या छ । सबैभन्दा पहिलो कुरा त रामायणसम्बन्धि कुनै पनि कुराका लागि यी व्यक्तिलाई कसले विज्ञको रुपमा उभ्याएको छ र कसले उनलाई हिन्दु धर्मको संरक्षकको रुपमा नियुक्त गरेका छन् ? मलाई आफ्ना तीनै सन्तानमाथि गर्व छ । सोनाक्षी आफैंले दुःख गरेर एक स्टार बनेकी हुन् । मैले कहिले पनि उनको करियरलाई लञ्च गर्नुपरेन । उनी यस्ती छोरी हुन् जसमाथि हरेक पिताले गर्व गर्छन् । रामायणको प्रश्नको जवाफ नदिँदा सोनाक्षीलाई एक राम्रो हिन्दु हुनका लागि अयोग्य घोषित गर्न सकिँदैन । उनलाई कसैको प्रमाणपत्रको आवश्यकता पनि छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण