शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलायती प्रधानमन्त्रीले अस्पतालबाटै लगातार सोधिरहेछन् गर्भवती तथा संक्रमित प्रेमिकाको स्वास्थ्य स्थिती

आइतबार, ३० चैत २०७६, ०७ : ०५
आइतबार, ३० चैत २०७६

बेलायती प्रधानमन्त्री बोरिस जोनसोनको कार्यालयले प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको जानकारी दिएको छ ।

५५ वर्षीय बोरिस जोनसोनलाई कोरोनाभाइरस संक्रमित पाइएको १० दिनपछि गत आइतबार अस्पताल भर्ना गरिएको थियो ।

त्यहाँ आइसीयूमा तीन दिन बिताएपछि बिहिबार उनलाई साधारण वार्डमा सारिएको छ ।

उनको कार्यालयले दिएको जानकारी अनुसार अस्पतालमा पनि उनी आफ्नी गर्भवती प्रेमिका क्यारी साइमण्ड्ससँग लगातार सम्पर्कमा छन् र उनको गर्भवस्थाको स्क्यान प्राप्त गरिरहेका छन् ।

क्यारीमा पनि कोरोनाभाइरसको संक्रमण देखिएपछि क्वारेटाइनमा बसिरहेकी छिन् ।

बेलायती प्रधानमन्त्री अस्पतालमा फिल्म हेरेर र सुडोकु सुल्झाएर समय बिताइरहेको बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप