शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चट्याङबाट मर्नेको सङ्ख्या बढ्दो

आइतबार, ३० चैत २०७६, ०६ : ४८
आइतबार, ३० चैत २०७६

काठमाडौं – नेपालमा बर्से्नि चट्याङबाट मर्नेको सङ्ख्या बढ्दो छ । विगत ११ वर्षे अवधिमा ८२१ जनाको ज्यान गएको छ । अचेल गड्याङगुडुङ गर्दै, बिजुली चम्कँदै, कतै चर्को आवाजसहित ठोक्किएको धेरै सुनिन्छ ।

सामान्यतया त्यसलाई नै आम मानिसले चट्याङ परेको बुझ्छन् ।
मौसमविद्का अनुसार प्रि–मनसुनको तीन महिनाभित्र, मनसुन सुरु नभएसम्म र हिउँदे वर्षा जाने बेलामा चट्याङ बढी पर्छ । 

प्रि–मनसुन सुरु हुँदाको करिब एक महिनाको अवधिमा २१ वटा चट्याङका घटना भएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालय अन्तर्गत रहेको आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार चट्याङबाट २०७५ सालमा मात्र ६८ जनाले ज्यान गुमाए । यस अवधिमा सबैभन्दा बढी २०६९ सालमा १३१ को मृत्यु भएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप