कोरोनाबाट बेलायतमा अर्का एक भूपू गोर्खाको मृत्यु, अहिलेसम्म ८ नेपालीको मृत्यु

लन्डन । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा भूपू क्विन्स गोर्खा याम बहादुर मल (मल्ल) को निधन भएको छ ।
बेलायतको स्वीन्डनमा बस्दै आएका उनको शनिबार बिहान कोरोना संक्रमणका कारण निधन भएको हो ।
स्वास्थ्यस्थिति कमजोर बन्दै गएपछि उनलाई चार दिन अगाडि स्वीन्डनस्थित ग्रेट वेष्टर्न हस्पिटलमा भर्ना गरिएको थियो ।
हस्पिटलमा उपचारकै क्रममा आज बिहान करिब तीन बजेतिर उनको मृत्यु भएको समाजसेवी एवं क्षेत्री समाज बेलायतका अध्यक्ष राजन कुमार क्षेत्रीले जानकारी दिए ।
उनलाई ज्वरो आउने, रुघाखोकी, डाइरिया तथा बमिटिंग लगायतको समस्या उत्पन्न भएपछि हस्पिटल लागिएको र ४८ घण्टापछि कोरोनाको पुष्टि भएको क्षेत्रीले बताए ।
सन् २००४ देखि आफ्ना छोरा बुहारी नारायण मल तथा शान्ता मलका साथ बेलायतको स्वीन्डनमा बस्दै आएका मलका तीन छोरी र एक छोरा रहेका छन् ।
स्याङ्जा जिल्लाको वालिङ घर भएका मलको यसअघि नै हंगकंगमा वाइपास सर्जरी गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
हालसम्म कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ८ जना नेपालीको ज्यान गैसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म