शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सवारीसाधनमा समस्या आएर अत्यावश्यक सेवामा अवरोध आयो ? सिप्रदीले दिनेछ तत्काल सेवा, सिधै फोन गर्नुहोस्

शनिबार, २९ चैत २०७६, १२ : ५४
शनिबार, २९ चैत २०७६

काठमाडौं– टाटा मोटर्सको नेपाल स्थित आधिकारीक वितरक सिप्रदी ट्रेडिङ्गले लकडाउनको अवधिमा राष्ट्रको स्वास्थ्य, सुरक्षा तथा अत्यावश्यक सवारीसाधनहरुलाई कुनै पनि किसिमको आकस्मिक मर्मत सेवा दिईरहेको छ । 

सिप्रदीले १६० भन्दा बढी एम्बुलेन्स, आकस्मिक स्वास्थ्य सेवा तथा सुरक्षामा खटिएका सवारी साधनहरुलाई सेवा दिईसकेको जानकारी गराएको हो । 

सिप्रदीले आफ्ना ग्राहक, कर्मचारी, डिलर, रिटेलर, प्राविधिक र समुदायको सुरक्षाका निम्ति सदैव सजग रहेको र जस्तोसुकै विषम परिस्थितिमा सेवा प्रदान गर्ने प्रतिबद्धताअनुरुप तत्पर रहेको बताएको छ ।

सरकारद्वारा जारी गरिएका नियम पालना गरी कम्पनीका आधिकारीक बिक्रेता, सेवा केन्द्रहरु, कर्मचारीहरु २४सैं घण्टा राष्ट्रका सेवक तथा ग्राहकहरुलाई सेवा दिन तयार रहेको पनि कम्पनीले जनाएको छ ।

यसविषम परिस्थितिमा २५ विभिन्न स्थानबाट सेवाका लागि परिचालित अधिकारीहरूलाई फोन सम्पर्क गरी सेवा लिन सकिने पनि कम्पनीले बताएको छ ।

जसको लागि http://www.sipradi.com.np/news/contact-details-service वेबसाईटमा गई आवश्यकताअनुसारको सेवा लिन सकिने पनि कम्पनीले बताएको छ । 

अत्यावश्यक अवस्थामा कम्पनीको टोल फी नम्बर १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न पनि कम्पनीको अनुरोध छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप