केन्द्रीय संस्करण

फुटबल खेलाउन हतार नगरः फिफा

person explore access_timeचैत २९, २०७६ chat_bubble_outline0

विश्व फुटबल महासंघ (फिफा) ले कोरोनाको महामारीबीच फुटबल खेल सञ्चालन गर्न हतार नगर्न सदस्य राष्ट्रहरुलाई आग्रह गरेको छ । 

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले रोकिएका सबैखाले फुटबल खेलहरु चाँडै सुरु गरिनु गैरजिम्मेवार काम हुने बताएका छन् ।

 इन्फाटिन्होले फिफामा आवद्ध देशहरुलाई कोरोनाको संक्रमण अन्त्य नभएसम्म फुटबल नहुने पनि स्पस्ट पारेका छन् । ‘कुनै पनि खेलभन्दा व्यक्तिको जीवन ठूलो कुरा हो ।

 जीवन जोखिममा पार्नु भन्दा केही समय पर्खनु उचित हुन्छ,’ इन्फाटिन्होले भनेका छन् । फिफामा अहिले विश्वका दुई सय ११ देश आवद्ध छन् । कोरोनाका कारण विश्वभर फुटबल गतिविधि स्थगित भएको छ ।

 युरोकप, महिला युरोपक, कोपा अमेरिका कप जस्ता ठूला प्रतियोगिता एकबर्ष पछि सारिएको छ । युरोपका केही लिग सञ्चालन गर्न हतार गरिएकोले पनि फिफाले सदस्य देशहरुलाई यस्तो आग्रह गरेको हो ।

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.