मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय

कोरोनाबाट निको भएका डाक्टरले भने, ‘बच्चाहरुका लागि चिन्तित थिएँ, उनीहरुकी आमाको स्थान त लिन सक्दिनथेँ तर बाँच्न चाहन्थेँ’

शनिबार, २९ चैत २०७६, ०९ : ३८
शनिबार, २९ चैत २०७६

डा. श्लेन बारबरा– डोनल्ड जकर स्कूल अफ मेडिसिनका अध्यक्ष हुन् । उनले भने, ‘९ मार्च बिहान सबैकुरा सामान्य थियो । महामारी निकै टाढा लागेको थियो । म नर्थवेल हेल्थ सिस्टमको इमर्जेन्सी म्यानेजमेन्टको विषयमा आयोजित एउटा वृहत छलफलमा समावेश भएँ । महामारीको आँकलन गर्दै आपूर्ती, खरिद र कर्मचारीको विषयमा चर्चा गर्यौं । दुई पटक सहयोगीलाई भेटेँ । मलाई चिसो महसुस भयो त्यसको एक घण्टामा त म काँप्न थालेँ । दिदी जेसीले मलाई तुरुन्त घर गएर आराम गर्न भनिन् । त्यो दिन म करिब १५ घण्टा सुतेँ ।’

डा. बारबराले भने, ‘भोलिपल्ट बिहान न भोक लाग्यो न कुनै काम गर्न नै मन लाग्यो । डाक्टरको रुपमा मलाई म ठिक भएको महसुस भयो । अक्सिजनको स्तर पनि ठिक थियो । दिनमा थुप्रै पटक आफ्नो मोनिटरिङ गरेँ । अचानक एक दिन अक्सिजनको स्तर घट्यो, सास फेर्न गाह्रो भयो त्यसपछि सहयोगीलाई फोन गरेँ । अस्तापलको सीटी स्क्यानको नतिजा अचम्मित गरिदिने किसिमको थियो । फोक्सो नराम्रोसँग खराब हुँदैथियो । १२ दिनसम्म फोक्सोमा जलन लिएर बस्नुपर्यो । कोरोना परीक्षण पनि सकारात्मक आयो । म ६६ वर्षको भएकोले यसबाट हुने मृत्युको जोखिम पनि थाहा थियो मलाई ।’

७ महिना अघि भएको थियो श्रीमतीको मृत्युः

डा. श्लेनले भने, ‘अस्पतालको बेडमा सुतिरहेका बेला दुई छोराको भविष्यले सताउन थाल्यो । ७ महिना अघि उनीहरुकी आमा र मेरी ३७ वर्षकी श्रीमतीको मृत्यु भएको थियो । उनी बाँच्न चाहन्थिन् तर १८ महिनाको क्यान्सरको लडाईंमा उनी हारिन् । त्यसपछि हामी तीनजना निकै नजिक भएका थियौं तर मैले उनीहरुकी आमाको स्थान कहिले पनि लिन सक्दिनथेँ । बेडमा सुतिरहेका बेला मैले तीनपटक फोन गरेँ । मेरा दुबै छोरालाई आफू कति बिरामी छु र डाक्टरलाई के कुराको चिन्ता छ भनेर जानकारी दिएँ । तेस्रो फोन आफ्ना वकिल र नजिकको साथीलाई गरेँ । डाक्टरले म एक हप्ताका लागि पनि बाँच्ने कुनै ग्यारेन्टी नभएको बताए । ’

डा. श्ल्नेले थपे, ‘मैले मेरो वकिलसँगको कुराकानीमा मेरो मृत्युपछि सबै व्यवस्था कुनै पनि समस्या बिना नै मिल्नुपर्ने बताएँ । तर त्यही दिन दिउँसो चमत्कार भयो । अक्सिजनको स्तरमा सुधार भयो । सास फेर्न पनि सजिलो भयो । मलाई ६ दिनसम्म कोभिड–१९ वार्डमा अक्सिजन सर्पोटमा राखियो । फोक्सोको जलन र खोकीमा पनि कमी भयो । मृत्युलाई एकैपटक यति टाढा र यति नजिक कहिल्यै महसुस गरेको थिइनँ ।’

भाग्यामानी छु कि कसँग निकै मिल्ने साथी र आफन्त छन्ः

उनले अस्पतालको आफ्नो अनुभवबारे जानकारी दिँदै भने, ‘मेरा केयरटेकर अद्भूत थिए । उनीहरु कस्ता देखिन्छन् मलाई थाहा छैन किनभने उनीहरुले मास्क लगाएका थिए । ती डाक्टर र नर्सको ऋणी छु, जसले मेरो मद्दत गरे । म ठिक भएको १३ दिन बितिसकेको छ । आफूलाई निकै बलियो महसुस गरिरहेको छु । कान्छो छोराले खाना पकाउँछ । हामी जेठो छोरोसँग दैनिक भिडियो च्याट गर्छौं । भाग्यमानी छु कि मसँग मिलनसार साथी र आफन्त छन् । उनीहरुको मेसेज र फोन कल मेरो लाइफ लाइन बनेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप