काठमाडौंका बढी मूल्यमा मासु बिक्री गर्ने तीन पसललाई कारवाही
![काठमाडौंका बढी मूल्यमा मासु बिक्री गर्ने तीन पसललाई कारवाही](https://rpcdn.ratopati.com/media/albums/masu_SdGfGYJipt.jpeg)
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार बजार अनुगमनका क्रममा तीन पसललाई कारवाही गरेको छ ।
विभागका अनुसार अनुगमनका क्रममा बढी मूल्यमा मासु बेचेवापत एक मासु पसल र दुई किराना पसललाई जरिवाना गरिएको हो ।
विभागका अनुगमन निरीक्षक दीपक पोखरेलका अनुसार बजार अनुगमनका क्रममा बढी मूल्यमा मासु बिक्री गरेको भेटिएपछि नयाँ बानेश्वरस्थित आइकालु मिट सेन्टरलाई रु दुई लाख जरिवाना तिराइएको छ ।
त्यस्तै बाफलस्थित न्यू बिके स्टोरलाई अनुचित व्यापारिक क्रियाकलाप गरेकामा (राहत वितरणमा म्याद गुज्रिएका सामान बिक्री गरेको) रु तीन लाख जरिवाना र सीतापाइलास्थित चितवन खाद्य सप्लायर्सले मूल्य बढी लिएको भेटिएपछि रु दुई लाख जरिवाना गरिएको हो ।
ती पसलको कारवाहीबाट रु सात लाख राजश्व संकलन भएको छ । अनुगमनका क्रममा बढी मूल्य लिएको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरिएको उनले जानकारी दिए ।
यसअघि विभागले बुधबार बजार अनुगमनका क्रममा बढी मूल्य लिएवापत बत्तीसपुतलीमा सञ्चालित मुस्कान मासु पसललाई रु दुई लाख जरिवाना लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दशरथ रंगशालामा अन्तर्राष्ट्रिय महिला फुटबल : किर्गिस्तान, म्यानमार र लेबननसँग भिड्दै नेपाली टोली
-
अमेरिकामा के छ भारतीय प्रधानमन्त्री मोदीको एजेन्डा ?
-
सांसद भोटेले मागे संसद् बैठकमै ‘गुहार’ !
-
चलचित्र विकास बोर्डले जनकपुरमा चलचित्र शिविर सञ्चालन गर्ने
-
गौतम अडानी घुस काण्ड : बाइडेन प्रशासनविरुद्ध छानबिनको माग
-
प्रतिनिधि सभामा रामहरि खतिवडाले नियमापत्ति हुने के भनेका थिए ?