शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल प्रहरीका १० एसएसपीको डीआईजीमा बढुवा (सूचीसहित)

शनिबार, २९ चैत २०७६, ०६ : ०२
शनिबार, २९ चैत २०७६

काठमाडौँ । दरबन्दी खाली रहेको २ महिनापछि नेपाल प्रहरीका १० जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हरु प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएका छन् । 

प्रहरी नियमावली २०७१  (संशोधनसहित)को  नियम २७ को उपनियम (४)को प्रावधान अनुसार १० प्रहरी बरिष्ठ उपरीक्षकलाई डीआईजीमा बढुवा सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीको दरबन्दी १४ कायम गरेपछि बाँकी १० डीआईजीको लागि कडा प्रतिस्पर्धा भएको थियो । १० डीआईजीको लागि ३४ एसएसपीहरुको कडा प्रतिस्पर्धा थियो ।

अर्याल पहिलो नम्बरमा

दरबन्दी कटौती भएलगत्तै बढुवा प्रक्रिया सुरु भएको थियो । सिनियर र जुनियर गरेर दुई ब्याचका एसएसपीहरु डीआईजी बढुवा सिफारिस भएका हुन् । 

गृह मन्त्रालयले घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्त पन्त, ईश्वरबाबु कार्की, सहकुल थापा, धिरज प्रताप सिंह, बसन्त लामा, रबिन्द्र धानुक, उत्तम सुबेदी र अरुण बिसीलाई डीआईजी बढुवाको लागि सिफारिस गरेको हो । 

बढुवा समितिको बैठकले एसएसपी अर्याललाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ । त्यस्तै प्रकाशजंग कार्की दुई नम्बरमा डीआईजी बढुवाका लागि सिफारिस भएका छन् । 

जसमा २४ एसएसपीहरु डीआईजीको दौडबाट आउट भएका छन् । 
 

 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप