शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

सजिलै जितेको हैन ऊहानले कोभिड–१९ विरुद्धको महासंग्राम !

कोरोनाविरुद्ध चीनले कठोर संघर्ष गरिरहेको बेला विश्वका देशहरु आशंका र आरोपको खेतीमा अल्मलिरहेको थियो !
शनिबार, २९ चैत २०७६, ०१ : ३२
शनिबार, २९ चैत २०७६

ऊहान ! आधुनिक विश्वको पछिल्लो इतिहासमा एउटा त्यस्तो नाम, जसले संघर्ष, बलिदान र त्यागको एउटा अद्वितीय मिसाल कायम गरेको छ । सारा संसारलाई नै यतिखेर हायलकायल र आतंकित बनाइरहेको कोरोनाभाइरसको उद्गम स्थल मानिएको ऊहान सहरले कोरोनाभाइरसको महाव्याधिमाथि विजय प्राप्त गर्नको लागि गरेको संघर्षको कथा अनि त्याग र बलिदानको मिसाल निक्कै अनुकरणीय र उच्च सम्मानयोग्य रहेको छ । कोरोनाभाइरसको वैश्विक महामारी जति आश्चर्यजनक र उदेकलाग्दो छ, ऊहानले त्यसका विरुद्ध गरेको संघर्ष त्योभन्दा कम छैन ।

करिब अढाइ महिनाको, ठ्याक्कैभन्दा ७६ दिनको अत्यासलाग्दो, पट्यारलाग्दो र सम्भवतः विश्व मानव इतिहासकै सबैभन्दा ठूलो ‘लकडाउन’ ऊहानबाट गत अप्रिल ८ अर्थात् चैत २८ गतेदेखि हटाइएको छ । सारा संसारका लागि, अझ भनौं स्वयं चिनियाँ जनताका लागि समेत त्यस अवधिभरमा बर्जित र निषेधित शहर ऊहान पुनः सबैका लागि खुला भएको छ ।


आजभन्दा चार महिनाअघि कोरोनाभाइरसको संक्रमणले छपक्कै ढाकेको शहर ऊहान यतिचाँडो आफ्नो लयमा फर्केला भनेर शायद कमैले सोचेका थिए होला । तर यतिखेर ऊहान शहर कोरोनोभाइरसको त्यो महाव्याधिलाई पछारेर आफ्नो पुरानो लयमा फर्कन खोज्दैछ । यही क्रममा करिब अढाइ महिनाको, ठ्याक्कैभन्दा ७६ दिनको अत्यासलाग्दो, पट्यारलाग्दो र सम्भवतः विश्व मानव इतिहासकै सबैभन्दा ठूलो ‘लकडाउन’ ऊहानबाट गत अप्रिल ८ अर्थात् चैत २८ गतेदेखि हटाइएको छ । सारा संसारका लागि, अझ भनौं स्वयं चिनियाँ जनताका लागि समेत त्यस अवधिभरमा बर्जित र निषेधित शहर ऊहान पुनः सबैका लागि खुला भएको छ ।

शहर खुला त भएको छ तर त्यहाँका वासिन्दाहरु आफ्ना गुमेका प्रियजनहरुको स्मरण गरिरहेका छन् र उनीहरु कोभिड–१९ का विरुद्ध सावधान÷सतर्क पनि छन् । तर जीवनको गति चल्नैपर्छ र अगाडि बढ्नै पर्छ ।

७६ दिनअघि, जनवरी २३ अर्थात् माघ ९ गते शहर पूरै अस्तव्यस्त बनेको थियो । कतिसम्म भने, अब सबै कुरा खत्तम भयो, केही गर्न सकिन्न भन्ने हदसम्मको निराशाजनक स्थितिमा मानिसहरु पुगिसकेका थिए । त्यतिबेला कोरोना संक्रमणका ५७१ केसहरु मात्रै दर्ज भएका थिए, लकडाउन अब अत्यावश्यक र विकल्परहित उपाय बन्न पुगेको थियो । मानव इतिहासमै पहिलो पटक १ करोड १० लाख मानिसहरु बसोबास गर्ने सिंगो शहरलाई पुरै बन्द गर्ने काम सम्पन्न गर्न केही दिन मात्रै लागेको थियो । त्यसले डर, संत्रासमा बाँचिरहेको शहरमा थप भय बढाइदिएको थियो ।

उदाहरणका लागि, अचानक सार्वजनिक सवारी साधनहरु ठप्प हुँदा डाक्टर, नर्सहरुलाई काममा जान कठिनाई बढेर गएको थियो । तर स्थानीयहरुले यो अवसरमा आफूलाई महानायक साबित गरे । उनीहरु आफैंलाई सहयोग गर्नका लागि क्रियाशील भएर अगाडि आए । सुरक्षात्मक सामग्रीहरुका अभावका बीचमा पनि स्वास्थ्यकर्मीहरुले नियमित भन्दा बढी नै काम गरे । सामुदायिक स्वयंसेवकहरुले छरछिमेकको नैराश्यपूर्णता स्थितिका बीच पनि आफूलाई क्रियाशील बनाए । जनसंख्याको ठूलो हिस्साले सरकारी कामकारवाहीलाई पूरै सहयोग गरे, उनीहरुले लकडाउनको कठिन कार्य पनि उनीहरुकै हितको लागि चालिएको कदम हो भनी विश्वास गरे ।

सौभाग्यवश, कोभिड–१९ विरुद्धको यो महालडाइँमा उनीहरु एक्ला थिएनन् । सिंगो मुलुक नै उनीहरुको भरपर्दो मेरुदण्डको रुपमा प्रस्तुत भएर देखापर्यो जसमा ऊहान सहरले भर गर्न सक्थ्यो । भाइरसलाई पछाडि पार्नका लागि सम्भव भएसम्मका सबै उपायहरु लागू गरिए । मुलुकभरिबाटै ४२ हजारभन्दा बढी स्वास्थ्यकर्मीहरुको यो लडाइँमा साथ दिनका लागि ऊहान र वरपरका शहरमा ओइरिए । मार्च महिनाको शुरुवातताका नै २२ लाख टन सामग्रीहरु र १७ हजार भेन्टिलेटरहरु त्यस क्षेत्रमा पुर्याइए । ऊहान शहर सिंगो चीनको लागि ध्यानाकर्षणको क्षेत्र बन्न पुग्यो । ऊहानको समर्थनमा मुलुकभित्र र बाहिरबाट मानिसहरुले आफूलाई उभ्याए ।

सौभाग्यवश, कोभिड–१९ विरुद्धको यो महालडाइँमा उनीहरु एक्ला थिएनन् । सिंगो मुलुक नै उनीहरुको भरपर्दो मेरुदण्डको रुपमा प्रस्तुत भएर देखापर्यो जसमा ऊहान सहरले भर गर्न सक्थ्यो । भाइरसलाई पछाडि पार्नका लागि सम्भव भएसम्मका सबै उपायहरु लागू गरिए । मुलुकभरिबाटै ४२ हजारभन्दा बढी स्वास्थ्यकर्मीहरुको यो लडाइँमा साथ दिनका लागि ऊहान र वरपरका शहरमा ओइरिए ।

तर दुर्भाग्यवश, त्यो रोगको कारण सिंगो शहर नै घाउका चोटहरुमा थपिएको अपमानले पीडित पनि बन्नु पर्यो । शुरुवातमा अन्तर्राष्ट्रिय स्वास्थ्य विज्ञहरुले नै लकडाउनका विरुद्धमा विद्वेषपूर्वक आफूलाई उभ्याए । तर पछि गएर त्यही नै सही कुरा साबित भयो । कोभिड– १९ का उपचारका लागि औषधी वा भ्याक्सिनको अभावमा परम्परागत रुपमा चल्दै आएको कठोर क्वारिन्टिनको अभ्यास नै सबैभन्दा प्रभावकारी साबित भयो । लकडाउनको ५५ दिनभित्रै ऊहानमा संक्रमणका नयाँ केसहरु शून्यमा झरे । तर बदलामा ऊहानले चुकाएको मूल्य निक्कै ठूलो रह्यो । अप्रिल ६ सम्ममा ऊहानमा ५०,००८ संक्रमणका केसहरु दर्ज भए, जसमध्ये २५७१ जनाको निधन नै भयो ।


जब ऊहानमा लकडाउन पूर्ण रुपमा पालना गरिँदैथियो, थुप्रैले यसलाई एउटा ठूलो समस्याको रुपमा ठाने । थुप्रै अन्तर्राष्ट्रिय मिडियाहरुले उक्त कदमलाई आलोचना गरे । उनीहरुले त्यसबेलामा निषेध गरिएका स्वतन्त्रताका कुराहरुलाई बढी उछाले । उनीहरुले त्यसको बदलामा मानिसको ज्यान बचिरहेको कुरालाई नजरअन्दाज गरे । संसारका केही भागहरुमा कोभिड–१९ कै कारण मृत्यु हुनेहरुको संख्याले आकाश छुँदै जाँदा पनि उनीहरुले त्यो समस्याभन्दा समस्या रोक्न चालिएको उपचारात्मक कदम चाहिँ खत्तम थियो भन्ने खालका विवादहरु उछालिरहे ।


साइन्स म्याग्जिनमा प्रकाशित एक अध्ययनका अनुसार, चीनले अपनाएको आक्रमक नीतिका कारण आशंका गरिएभन्दा ९६ प्रतिशत कम संक्रमणका घटनाहरु भए । ऊहानले संसारलाई त्यो समय दियो र अन्य शहरहरुका लागि एउटा आदर्श पनि स्थापित गरिदियो । खासगरी, त्यो आदर्श अरु देशहरुका लागि पनि थियो । दुर्भाग्यवश, थुप्रैले समयलाई त्यत्तिकै खेर फ्याले । जब ऊहानमा लकडाउन पूर्ण रुपमा पालना गरिँदैथियो, थुप्रैले यसलाई एउटा ठूलो समस्याको रुपमा ठाने । थुप्रै अन्तर्राष्ट्रिय मिडियाहरुले उक्त कदमलाई आलोचना गरे । उनीहरुले त्यसबेलामा निषेध गरिएका स्वतन्त्रताका कुराहरुलाई बढी उछाले । उनीहरुले त्यसको बदलामा मानिसको ज्यान बचिरहेको कुरालाई नजरअन्दाज गरे । संसारका केही भागहरुमा कोभिड–१९ कै कारण मृत्यु हुनेहरुको संख्याले आकाश छुँदै जाँदा पनि उनीहरुले त्यो समस्याभन्दा समस्या रोक्न चालिएको उपचारात्मक कदम चाहिँ खत्तम थियो भन्ने खालका विवादहरु उछालिरहे । वास्तवमै, त्यहाँ केही यस्ता दावीहरु पनि गरिए कि चीनले गलत सूचनाहरु दिएर विश्वलाई सत्यबाट बञ्चित गराए । जब १ करोड १० लाख मानिस बसोबास गर्ने सिंगो शहर लकडाउन गरिएको छ, के त्यो जनमानसलाई सतर्क गर्न पर्याप्त छैन ? जब दैनिक १०० भन्दा बढीका संख्यामा मानिसहरु मरिरहेका छन्, के त्यो देखेर खतराको झण्डा उठाइनु पर्दैन ? केही मानिसहरु चीनको तथ्यांकबारे आशंकित छन् । उनीहरु चीनमा त्योभन्दा बढी संक्रमणका केसहरु हुनुपर्छ भनेर दावी गरिरहेका छन् । त्यस्तो शंका छ भने त झन् त्यो नै अझ बढी तयारी गर्नु र अत्यावश्यक सामग्रीहरुको जोहो गर्नतिर लाग्नका लागि पर्याप्त छैन ?

वाशिंगटन पोष्टका अनुसार, भाइरसको बारेमा जनवरी ३ मा प्रारम्भिक जानकारी प्राप्त गरेको ७० दिनपछि मात्रै अमेरिका र ट्रम्प प्रशासनले यो त्यति टाढाको खतरा होइन भनेर स्वीकार्यो । उनले मार्च ३१ को न्यूज कन्फ्रेन्समा ‘यो जीवन र मृत्युको प्रश्न’ भएको बताए । त्यतिबेलासम्म अमेरिकामा मात्रै पनि मृत्यु हुनेहरुको संख्या ३८०० पुगिसकेको थियो ।

मार्चको मध्यतिर, ऊहानलाई लकडाउन गरिएको पूरै २ महिनापछि बेलायत सरकारले ढिलाइ वा नियन्त्रण गर्ने भन्ने बारेमा बहस गरिरहेको थियो । 


स्वास्थ्यका क्षेत्रमा अत्यन्तै सम्मानित एवं विश्वप्रसिद्ध मेडिकल जर्नल ‘द लान्सेट’का प्रधान सम्पादक रिचर्ड होर्टनले जनवरीको अन्त्यतिर चीनबाट आएका जानकारीहरु अत्यन्तै प्रष्ट रहेको औंल्याएका थिए । तर अप्रिल ५सम्म, अर्थात् ऊहानमा लकडाउन लगाएको अढाइ महिनासम्म पनि बेलायती स्वास्थ्यकर्मीहरु  आफ्नो सुरक्षाका लागि फोहोर फ्याँक्ने प्लाष्टिकहरु लगाइरहेका थिए ।


स्वास्थ्यका क्षेत्रमा अत्यन्तै सम्मानित एवं विश्वप्रसिद्ध मेडिकल जर्नल ‘द लान्सेट’का प्रधान सम्पादक रिचर्ड होर्टनले जनवरीको अन्त्यतिर चीनबाट आएका जानकारीहरु अत्यन्तै प्रष्ट रहेको औंल्याएका थिए । तर अप्रिल ५सम्म, अर्थात् ऊहानमा लकडाउन लगाएको अढाइ महिनासम्म पनि बेलायती स्वास्थ्यकर्मीहरु  आफ्नो सुरक्षाका लागि फोहोर फ्याँक्ने प्लाष्टिकहरु लगाइरहेका थिए ।

ऊहान र चिनियाँ जनताका लागि अप्रिल ८ एउटा कडा युद्ध कठिनाइपूर्वक जितिएको एउटा ऐतिहासिक दिनको रुपमा स्थापित हुनेछ । त्यस किसिमका कठोर लकडाउन अब फेरि फेरि आवश्यक नपर्ला, तर त्यसबाट सिक्नैपर्ने पाठ भनेको के हो भने, त्यो भन्दा पनि अझ बढी के गर्न सकिन्थ्यो होला भन्ने नै हो । तर अहिलेका लागि, ध्यान केन्द्रीत गर्नुपर्ने मुद्दा भनेको भाइरसमाथि चनाखो दृष्टि राख्दै जनजीवनलाई सहज तुल्याउने नै हो । यसबीचमा ऊहानले यो भाइरसका विरुद्ध वैश्विक विजय प्राप्तिका लागि अन्य देशहरुलाई आफ्ना अनुभवहरु बाँड्दै जान सक्छ । बढी नै जीवन नष्ट भइसकेको छ, बढी नै समय पनि खर्च भइसकेको छ । अब हामी ऊहानले गरेको बलिदानलाई त्यसै खेर जान नदिऔं ।

सिजिटिएनमा प्रकाशित सामग्रीको रातोपाटीद्वारा नेपालीमा भावानुवाद ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप