रुखबाट लडेर गम्भीर घाईतेलाई सेनाले गर्यो उद्दार
बुटवल । लडेर घाइते भएका बाग्लुङका एक युवकलाई सेनाले उद्दार गरेको छ । जिल्लाको निसीखोलाका एक युवक रुखबाट लडेर गम्भीर घाईते भएलगत्तै ढोरपाटन शिकार आरक्षणमा तैनाथ नेपाली सेनाले उद्दार गरेको हो । लकडाउनका कारण अस्पतालसम्म लैजाने गाडी नपाएको सूचना पाउन साथ सेनाले निसीखोला गाउँपालिका वडा नम्वर ५ का नरबहादुर विकका १८ वर्षीय छोरा (घाइते) चन्द्रलाल विकको उद्दार गरेको हो ।
वनमा घाँस काट्न गएको बेला रुखबाट लडेर गम्भीर घाईते भएका उनको वुर्तिबाङ प्राथामिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ । घाइते अलपत्र परेको जानकारी पाउनसाथ आरक्षणको सुरक्षार्थ खटिएको सत्रुमर्दन गुल्मका गुल्मपति सेनानी केशरबहादुर बुढाथोकीले सह–सेनानी (क्याप्टेन) नरेश अर्यालको कमाण्डमा सेनाको टोली खटाएका थिए ।
ढोरपाटन नभीगाउँका शिक्षक देवबहादुर सुनारले आरक्षणमा खटिएको सेनाले त्यस भेगमा विपद् पर्दा स्वयम सेवीको भूमिका खेल्दै आएको प्रतिक्रिया दिए । ‘लकडाउनका कारण त्यहाँका जनप्रतिनिधिहरुले समेत वास्ता नगरि बसेका थिए । हामीले निसीखोलमा एक जना दलित परिवारको युवा रुखबाट लडेर गम्भीर घाइते छौं भन्ने जानकारी मेजरसावलाई गराउन साथ उद्धार गरि दिनु भयो हामी आभारी छौं’ सुनारले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपभोक्तालाई निर्बाध इन्टरनेट सेवा उपलब्ध नगराए हदैसम्मको कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण
-
वैशाख ३१ मा बागमती प्रदेश अधिवेशन बोलाउन दलहरू सहमत
-
आप्रवासन विभागको सदस्यमा देउवाले गरे १० जना मनोनीत
-
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन मन्त्रालयकाे अपिल
-
सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने
-
डढेलो रोक्न हेलिकोप्टर प्रयोगबारे मन्त्रिपरिषद्मा गृहमन्त्री लामिछानेको प्रस्ताव