शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले क्वारेन्टाइनको निरीक्षण गर्ने

शुक्रबार, २८ चैत २०७६, २२ : १५
शुक्रबार, २८ चैत २०७६

काठमाडौं । सरकारले स्थानीय तह र अन्य निकायले व्यवस्थापन गरेका क्वारेन्टाइनहरुको अवस्थाका विषयमा निरीक्षण गर्ने भएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार निर्माण भए÷नभएको र अन्य व्यवस्थापनका विषयमा सरकारले निरीक्षण गर्ने भएको हो । विदेशबाट आएका व्यक्तिहरु तथा शंकास्पद अन्य व्यक्तिहरुलाई कोरोना रोगबाट संक्रमण हुन नदिन सरकारले बनाएको क्वारेन्टिन व्यवस्थापन तथा सञ्चालन कार्यविधिअनुसार  मापदण्ड पुरा भए नभएको स्थलगत अनुगमन र आवश्यक सहजिकरण गर्न लागिएको सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले जानकारी दिए ।

उनले भने, ‘क्वारेन्टाइनको व्यवस्थापनका लागि एक पटक निरीक्षण गर्नुपर्छ । व्यवस्थापकीय ढंगले जानका लागि त्यसको रिपोर्ट पनि सरकारलाई दिनुपर्छ र त्यसपछि खर्चका विवरण दिने कुरा भयो । क्वारेन्टाइन सञ्चालनका लागि सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषबाट रकम व्यहोर्ने निर्णय गरिसकेकाले कुनै संका गर्नुपर्दैन् ।’

मन्त्रिपरिषद् बैठकले मन्त्री मानन्धर र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई दिएको निर्देशन अनुसार शनिबारबाट स्वारेन्टाइनहरुको निरीक्षण हुनेछन् । शनिबार मध्यान्ह काठमाडौंको पशुपति क्षेत्रमा सञ्चालित क्वारेन्टाइनबाट अवलोकन शुरु गर्न लागिएको हो ।

शुक्रबार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले उपत्यकाका १८ वटै नगरप्रमुख, तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा नेपाली सेनाका क्वारिन्टाइन व्यवस्थापनमा खटिएका पृतनापतिसँग छलफल गर्नुभएको छ । छलफलमा मन्त्री मानन्धरले क्वारेन्टिन व्यवस्थापन तथा सञ्चालन मापदण्डबारे जानकारी गराउँदै अब सरकारले शनिबारबाट अनुगमनलाई तिब्रता दिन लागेको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप