शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य र सुरक्षाकर्मीको मनोबल उँचो बनाउन सभापति केसीको माग

शुक्रबार, २८ चैत २०७६, २२ : ०१
शुक्रबार, २८ चैत २०७६

पोखरा । नेपाली काँग्रेस कास्कीले राष्ट्रिय सङ्कटका बेला अग्रपङ्क्तिमा सेवा दिइरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल उँचो बनाउन माग गरेको छ ।

जिल्ला सभापति कृष्ण केसीले आज विज्ञप्ति जारी गर्दै मानसिक दबाब र त्रासपूर्ण वातावरणमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई काम गराउन नहुने भन्दै आवश्यक सुरक्षा सामग्री एवं सुविधासहितको व्यवस्था गरी मनोबल उठाउने वातावरण बनाउन सरकारसँग माग गरेका हुन् ।

राहत वितरणसमेत प्रभावकारी नभएको र राजनीतिक पूर्वाग्रह भएको भन्दै काँग्रेसले आपत्ति जनाएको छ ।

मजदूर र ज्यालादारी गर्नेसम्म राहत पुग्न नसकेको गुनासो टोलटोलबाट आएको उल्लेख गर्दै विज्ञप्तिमा कष्टकर दैनिकी बिताउन बाध्य वर्गलाई यथाशीघ्र राहत उपलब्ध गराउन माग गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप