बेलायतमा कोरोनाबाट एकैदिन ९५३ को मृत्यु
लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या निरन्तर बढ्दै गैरहेको छ । शुक्रबार प्राप्त पछिल्लो जानकारी अनुसार बेलायतमा गएको २४ घन्टामा थप ९ सय ५३ जनाको मृत्यु भएको मिररले उल्लेख गरेको छ ।
मृत्यु हुनेहरुमा ८ सय ६६ जना इंग्ल्याण्डमा, ४८ जना स्कटल्याण्डमा, २९ जना वेल्समा र १० जना नर्दर्न आएरल्याण्डका रहेका छन् । आज दिउँसो ३ बजेसम्मको तथ्यांकको आधारमा बेलायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार १६ पुगेको छ । विश्वभरिमा कोरोनाबाट मर्नेको संख्या एक लाख नाघिसकेको छ ।
बेलायतको तापक्रम बढ्दै जाँदा लकडाउन उलंघन गर्नेहरुको पार्कमा भीड लाग्न थालेपछि कतिपय पार्कहरु बन्द गरिएका छन् भने प्रहरीले समेत निगरानी राख्ने गरेको छ । लकडाउनलाई प्रभावकारी बनाउन प्रहरीले सवारी साधन तथा पैदलयात्रीलाई सोधपुछ गर्न थालेको छ । आउँदो सोमबारबाट प्रथम चरणको तीन हप्ते लकडाउनको अवधि समाप्त हुँदैछ । कोरोना भाइरस संक्रमण र मृत्युदर बढ्दै गएका कारण लकडाउनको अवधि बढ्ने निश्चित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा धर्म परिवर्तन डरलाग्दो समस्या भयो : कमल थापा
-
खराब मौसमका कारण दुई सयभन्दा बढी विदेशी पर्यटक मन्थलीमा रोकिए
-
नाउपाका नेता घनश्याम चौधरी भन्छन्– सुदूरपश्चिम सरकारबाट हामी फिर्ता हुँदैनौँ
-
त्रिविले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने
-
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
-
भारतमा ट्याक्सी दुर्घटना हुँदा १० जनाको मृत्यु