मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली जनसम्पर्क समिति संयोजकसँग विभाग प्रमुख भट्टराईद्वारा भिडियो कन्फ्रेन्स

शुक्रबार, २८ चैत २०७६, २१ : ०७
शुक्रबार, २८ चैत २०७६

काठमाडौं । नेपाली काँग्रस नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराईले कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै पार्टीसँग आवद्ध विदेशस्थित नेपाली जनसम्पर्क समितिका अध्यक्ष/संयोजकहरुसँग भिडियो कन्फ्रेन्स गरेका छन् ।

 भट्टराईले उक्त कन्फ्रेन्समा २६ देशका जनसम्पर्क समितिका अध्यक्ष÷संयोजकहरुले कुराकानी गरेका थिए । पार्टी कार्यालय सचिव प्रकाश शर्माका अनुसार संसारभरि नै छरिएर रहेका नेपालीमा कोरोना महामारीबाट उत्पन्न समस्या र तीनका समाधानको बारेमा कन्फ्रेन्समा छलफल भएको थियो ।

विभाग प्रमुख भट्टराईले विदेशमा रहेका नेपालीहरुको समस्याका सम्बन्धमा नेपाली काँग्रेस गम्भीर र संवेदनशील रहेको बताएका थिए ।

बिदेशमा रहेका नेपालीलाई सचेत गराउँदै विविध ढंगले नेपाली जनसम्पर्क समितिहरुले सहयोग गरिरहेको भूमिका प्रशंसनीय रहेको छ र यो जटिल परिस्थितिमा सम्पूर्णलाई एकतावद्ध भएर काम गर्न समेत उनले आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ । 

जनसम्पर्क समितिका अध्यक्षहरुले आआफ्नो देशमा भएका समस्याका बारेमा अवगत गराएका थिए । साथै, यो छलफल अत्यन्त महत्वपूर्ण भएकोले विभागले यसलाई निरन्तरता दिनु पर्ने जनसम्पर्क समितिका अध्यक्षहरुले सुझाव दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप