शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सीमा नाकामा लापर्वाही: थोरै प्रहरीलाई सिमा क्षेत्र सम्हाल्न गाह्रो

शुक्रबार, २८ चैत २०७६, २० : ०४
शुक्रबार, २८ चैत २०७६

जनकपुर । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले सिमानाका सहित देशव्यापी लकडाउन गरेको छ । तर महोत्तरीमा अझै पनि नेपाल–भारत सिमानाकाहरु पूर्णरुपमा बन्द नहुदाँ कोरोना भाइरस संक्रमणको आशंका बढेको छ । यो नाकामा अवैधानिकरुपमा व्यापारीहरु खाद्यान्न सहितका सामग्रीहरु लिएर ओहोरदोहोर गरिरहेपछि प्रहरी प्रशासनलाई समेत नियन्त्रणमा दिन गाह्रो परेको देखिन्छ  । महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर ५ मा पर्ने सिस्वा कटैयासँगै टाँसिएको धरहरबा तर्फको नाकाबाट खुलेआम व्यापारीसहित अन्य अपरिचित मानिसहरु प्रवेश गर्ने गरेको एक स्थानीयवासीले जानकारी दिए ।
यस नाकाबाट दैनिक दर्जनौं सर्वसाधारणसहित व्यापारीहरु उपभोग्य सामग्री लिन भारत तर्फ जाने र आउने गरिरहेका छन् । एक स्थानीयवासीका अनुसार धरहरबा बोर्डरबाट प्रत्येक दिन व्यापारीहरु आलु, प्याज, चिनी, तेल लगायत सामान लिएर ओहोरदोहोर गरिरहन्छन् । दिउँसोको समयमा नेपाल–भारत तर्फका सुरक्षाकर्मीले सिमानाका कडाई गरेपनि रातको समयमा सुरक्षा नियकाकै संलग्नतामा व्यापारीले अवैधरुपमा विभिन्न सामग्री भित्र्याउने गरेको उनले बताए । सीमानाकाबाट अवैध सामग्रीसहित अपरिचित मानिसहरु समेत आवतजावत गर्ने हुनाले कोरोनाको त्रास बढेको उनले बताए ।

सीमा प्रहरी चौकी कट्टीकटैयाका इन्चार्ज तथा प्रहरी सहायक निरीक्षक पवनकान्त मिश्रले ८ किलोमिटर सम्मको खुल्ला सिमानाका क्षेत्र भएकोले प्रहरीले सकभर गलतरुपमा सिमानाका दुरुपयोग हुन नदिएको दाबी गरे । उनले सानोकट्टी, सहसराम र कटैया गरि ३ वटा नाका जोडिएकाले यस क्षेत्रका सर्वसाधारणहरु घाँस काट्न र वालीनाली काट्ने बहानाले सिमापार जाने गरेको बताए । उनले प्रहरीचौकीमा जम्मा ८ जना सुरक्षाकर्मी मात्रै रहेकाले यसलाई नियन्त्रण गर्न कठिनाई भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप