शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको देशव्यापी लकडाउन लम्बिन सक्छः मुख्यमन्त्री रावत

शुक्रबार, २८ चैत २०७६, १९ : २३
शुक्रबार, २८ चैत २०७६

एजेन्सी । भारतमा लगाइएको देशव्यापी २१ दिने लकडाउन लम्बिन सक्ने एक मुख्यमन्त्रीले शुक्रबार बताएका छन् । उत्तराखण्डका मुख्यमन्त्री त्रिबेन्द्र सिंह रावतले कोरोना भाइरस विरुद्धको लडाईलाई सफल पार्न लकडाउन लम्बिनसक्ने बताएका हुन् । । 

‘भारतका सवै राज्यहरुले लकडाउनलाई पूर्णरूपमा कार्यान्वयन गराएका छन्, मलाई विश्वास छ, यही अप्रिल १४ तारिखसम्मका लागि यस अघि घोषणा गरिएको लकडाउनको अवधि थपिने छ,’ रावतले एएनआईसँग भने । 

उनले उत्तराखण्ड राज्य कोरोना भाइरसको सङ्क्रमणको विषयमा पहिलो चरणमै रहेको पनि जानकारी दिए । तबलिगी जमातबाट फर्किएकाहरूका कारण सङ्क्रमणको खतरा रहेपनि उनीहरु सम्पर्कमा आएको राज्यले उचित व्यवस्थापन गरिरहेको उनको भनाई छ । 

शुरुमा उनीहरुले अटेरी गरेपनि फौजदारी अभियोग लगाउने चेतावनी दिएपछि उनीहरु सम्पर्कमा आएर कोरोना नियन्त्रण सम्वन्धी नियमहरु अवलम्बन गरेको मुख्यन्त्री रावतले बताए । ‘फर्किएकाहरुलाई सुरुमा सम्पर्कमा आउन र स्वास्थ्य परीक्षण गराउन आग्रह गरिएको थियो, त्यतिवेला उनीहरुलाई यो कुनै तपाईहरुको गल्ती नभई स्वास्थ्य समस्या हो, त्यसको उपचार गर्नु पर्दछ भनेका थियौँ,’ उनले भने । 

त्यसपछि पनि आउन नमान्नेलाई कानुनी कारबाही गर्ने चेतावनी दिइएको मुख्यमन्त्री रावतले जानकारी दिए ।  आफ्नो प्रदेशमा दिनदिनै परीक्षणको कामहरु भइरहेको र दुई प्रकारको परीक्षण हुने गरेको उनले बताए ।

‘हामीसँग झण्डै दश हजार व्यक्तिगत सुरक्षा सामग्री (पिपिई किट्स) ३० हजार मास्क र २५७ भेन्टीलेटरहरु छन्,’ उनले भने । अहिले आफुहरूलाई एन–९५ मास्कको थप आवश्यकता नरहेको पनि उनले स्पष्ट पारे । 

उनले अहिलेसम्म भेन्टिलेटर प्रयोग गर्नु नपरेकोमा आफुहरु भाग्यमानी भएको पनि बताए । मुख्यमन्त्री रावतले उत्तराखण्ड राज्यमा अहिलेसम्म ३५ जनामा मात्रै कोरोना भाइरसको सङ्क्रमण देखिएको र ती मध्ये निको भएर घर फर्किसकेको जानकारी दिए । उत्तराखण्डमा कोरोना भाइरसका कारण अहिलेसम्म कसैको पनि मृत्यु भएको विवरण नआएको पनि उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप