शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश ५ को कोरोना नियन्त्रण कोषमा ११ करोड ७५ लाख

शुक्रबार, २८ चैत २०७६, १८ : ४१
शुक्रबार, २८ चैत २०७६

बुटवल । प्रदेश सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा ११ करोड ७५ लाख ८४ हजार रुपैंया जम्मा भएको छ । हालसम्म उक्त कोषमा सर्वसाधारणले मोबाईल बैंकिंङ्खमार्फत सबैभन्दा कम १ सय रुपैयादेखि सबैभन्दा बढी २५ लाख पचास हजार रुपैयाजम्मा भएको छ । साइन रेसुङ्गा डेभलपमेण्ट बैंकले २५ लाख ५० हजार रुपैंया जम्मा गरेको छ, त्यसैगरी भाटभटेनी सुपर मार्केटले २५ लाख, सिद्धार्थ बैंक, कुमारी बैंक, तिनाउ मिसन डेभलपमेन्ट बैंक र लक्ष्मी बैंकले दश–दश लाख रुपैया जम्मा गरेका छन् । त्यसैगरी सिटिजन बैंक ७ लाख रुपैया, कृषि विकास बैंक, गरिमा बैंक, मेगा बैंक र माछापुच्छ्रे« बैंक, राष्ट्रिय बिमा संस्थानले ५–५ लाख रुपैंया जम्मा गरेका छन् ।

यसैगरी उक्त कोषमा गण्डकी बिकास बैंक र निर्धन उत्थान बैंकले चार–चार लाख जम्मा गरेका छन् । भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले ३ लाख ९६ हजार ९७, क्रिमसन कलेजले २ लाख ५५ हजार नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश समितिले २ लाख ५१ हजार, लुम्बिनी आई इन्स्टिच्युटले २ लाख २२ हजार २ सय २२, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले २ लाख ५० हजार, सामुहिक वचत तथा ऋण सहकारी सस्थाले २ लाख, नेपाल–भारत मैत्री समाज २ लाख, लक्ष्मी लघुवित्त सहकारीले २ लाख, प्रगतिशिल इञ्जिनियरिङ एशोसिएशनले १ लाख ५ हजार ५ सय, सशक्त बचत तथा ऋण सहकारी संस्थाले १ लाख ११ हजार, कैलाश विकास बैंकले १ लाख १ हजार,  उद्योग व्यापार संगठन रुपन्देहीले १ लाख १ हजार, रोटरी क्लब अफ तिनाउ बुटवलले ६० हजार जम्मा गरेका छन् । त्यसैगरी बुटवल—११ निवासी शेरबहादुर गुरुङबाट १ लाख ५ हजार, प्रतिनिधिसभा सदस्य राधा ज्ञवालीबाट १ लाख रुपैंया, लिलामणि पौडेलबाट ५० हजार र कृष्णबहादुर केसीबाट ४० हजार ५ सय ५५ रुपैंया जम्मा भएको छ ।

योमध्ये बिहिवार प्राप्त सहयोग रकमको चेक बैंक दाखिला गर्न बाँकी रहेको मुख्यमन्त्री सचिवालयले जानकारी दिएको छ । कोरोना नियन्त्रण तथा उपचार कोषमा प्रदेश सरकारले १० करोड रुपैंया जम्मा गरेको छ । यसका साथै बुटवलको धागो कारखानामा रहेको आइसोलेसन विशेष अस्थायी अस्पतालमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले आईसियुका लागि आवश्यक उपकरण दिने घोषणा गरेको छ । त्यस्तै नेपाल उद्योग परिसंघले २० लाख रुपैंया र एनआइसी एसिया बैंकले ५ लाख रुपैंया बराबरको खाद्यान्न सहयोग गरेका छन् । एनएमबी बैंकले १ सय थान पिपिई प्रदान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप