शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राजधानीमै भेटिन थाल्यो अखाद्य सामाग्री, दुईदेखि तीन लाखसम्म ठाउँको ठाउँ जरिवाना

शुक्रबार, २८ चैत २०७६, १८ : ३४
शुक्रबार, २८ चैत २०७६

नार्गाजुन नगरपालिकामा राहत वितरण गरेको तेल म्याद नाघेको भेटिएको छ । नागार्जुन नगरपालिका  ४ मा राहत प्राप्त गरेको ब्यक्तिहरूले प्रहरीमा गुनासो गरेपश्चात तेलमा म्याद नाघेको भेटिएको हो ।

महानगरीय प्रहरी बृत्त स्वयम्भुका प्रमुख लाल ध्वज सुवेदीले नगरपालिकाको वडा नम्बर ४ मा राहतका लागि बितरण गरिएको स्वस्तिक तेलको मिति नाघेको पाएपछि अनुगमनको क्रममा नागार्जुन न.पा. ४ बाफल सितापाइलामा न्यू बि. के. स्टोरले राहातको सामग्रीमा म्याद नाघेको सामान प्याकिङ गरी बिक्री गरेको पाइएको बताए ।

 प्रहरीले बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागलाई खवर गरेपछि म्याद नाघेको २ सय लिटर  तेल रहेको पुष्टि भएको थियो ।

बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक रविन्द्र आर्चायले उक्त तेल वितरक यू बि. के. स्टेरलाई  उपभोक्ता संरक्षण ऐन २०७५ को १६ (२) (ठ)(ड) ३८ (ङ) को कसुरमा ३९ (ख) वमोजिम रु ३ लाख जरिवाना गरिएको बताए । विभाग र प्रहरीको संयुक्त टोलीले मिती गुर्जिएको ८० प्याकेट तेल नियन्त्रणमा लिई नष्ट गरेको छ ।

 त्यस्तै बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनको क्रममा कंलकी १४ एलआरआई स्कुल नजिकै रहेको चितवन खाद्य सप्लाईसमा समेत छापा हानेको छ । मलेन्द्र बहादुर सिलवालले सञ्चालन गरेको ग्यास स्टोरमा लेवलिङ नभएको मूल्य सुचि  नभएको भन्दै दुई लाख जरिवाना गरिएको निर्देशक आचार्यको भनाइ छ त्यस्तै विभागको टोलीले कालिमाटी, कुलेश्वर र बल्खु क्षेत्रमा पाँच वटा खाद्यान्नमा दुई वटा तरकारी पसल र तीन ओटा खाद्यान्न पसलको समेत अनुगमन गरेकोमा सन्तोषजनक पाइएको विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप