लकडाउन कै बीच सुनिल गिरीको ‘ए साइँली’ सार्वजनिक (भिडियो सहित)
शुक्रबार, २८ चैत २०७६, १८ : ३१
काठमाडौं– लोकप्रिय लोकपप गायक सुनिल गिरीको ‘ए साइँली’ गीतको भिडियो सार्वजनिक भएको छ । सुनिलले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरेका हुन् ।
सुनिल गिरीकै शब्द, संगीत तथा स्वर रहेको गीतको भिडियोमा पेमा शेर्पाको सँगै उनी आफैले अभिनय गरेका छन।
पछिल्लो समय सुनिलले आफ्ना धेरै गीतहरुको छायाङ्कन जन्मस्थल तनहुँ मै गर्ने गरेका छ्न। यो गीतमा पनि तनहुँ सेखाटार आसपासको प्राकृतिक सुन्दरता देख्न सकिन्छ। भिडियोको दृश्याङ्कन अनिल कृष्ण मानन्धरले गरेका छन।
भिडियोको दृश्य सम्पादन मनोज कार्कीले गरेका छन भने निर्देशन स्वयम् सुनिल गिरीले गरेका छन् ।
‘को होला त्यो’ गीतबाट सांगितिक यात्रा सुरु गरेका सुनिक गिरी लोकपप बिधामा स्थापित नाम हो । ‘को होला त्यो’ बाटै अभिनयमा डेब्यु गरेका पल शाह पनि अहिले निकै ब्यस्त र लोकप्रिय छ्न।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा