शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कृषि क्षेत्रको विस्तारले मात्र आयत र रेमिट्यन्स प्रतिस्थापन गर्न सक्छ : नेता पौडेल

शुक्रबार, २८ चैत २०७६, १७ : ४४
शुक्रबार, २८ चैत २०७६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनका कारण प्रभावित भएको नेपालको अर्थतन्त्रलाई उकास्नका लागि कृषि मात्र उत्तम विकल्प भएको बताएका छन् ।

नेता पौडेलले शुक्रवार फेसबुक लाईभ मार्फत नेपालको अर्थतन्त्रका आधारहरु उर्जा, पर्यटन र कृषि मध्ये उर्जा र पर्यटनको संभावना कोरोनाका कारण न्यून भएकाले कृषि मात्र विकल्प भएको बताए ।

उनले कृषिको विस्तारले मुलुकको आयत र रेमिट्यन्स प्रतिस्थापन गर्ने भएकाले अर्थतन्त्र जोगाउने उत्तम उपाय भएको बताए । 

पौडेलले कृषिमा क्रान्ति ल्याउनका लागि कृषि शिक्षा, कृषि अनुसन्धान र कृषिको प्रसार तथा कृषिको बजारलाई विस्तार गरेर विचौलियाको राज अन्तय गर्न जरुरी भएको बताए ।

उनले नेपालका उपयोग हुन नसकेका जमिनको उपयोगका लागि भूमि बैंक स्थापना गरि जग्गाको उपयोग गर्नुपर्ने बताए । 

वरिष्ठ नेता पौडेलले लकडाउनको अवस्थामा पनि कृषि उपजलाई बजारमा पठाउन रोक नलगाउन समेत आग्रह गरे ।

पौडेलले किसानको उत्पादन नष्ट हुने तर बजारको अभावलाई अन्त्य गर्नका लागि  लकडाउनको अवस्थामा पनि कृषि उपजलाई बजारमा ल्याउने व्यवस्था गर्न माग गरे । 

नेता पौडेलले समाजवादी राज्यले जनतालाई सेवा र टेवा दिनुपर्ने बताए । उनले जनतालाई सेवा र टेवा दिनका लागि सरकारले कृषि क्षेत्रलाई प्रथामिकतामा राख्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप