शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाप्रभावित जिल्लामा ५ सय जनाको कोभिड–१९ परीक्षण, सबैको नतिजा नेगेटिभ

शुक्रबार, २८ चैत २०७६, १६ : ३२
शुक्रबार, २८ चैत २०७६

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस (कोभिड १९) को परीक्षण दायरा बढाउन थालेको छ । ¥यापिड डायगोनिस्टिक टेस्ट (आरटीडी) विधिबाट मन्त्रालयले विभिन्न जिल्लामा कोभिड–१९ को परीक्षणको शुरुवात गरेको हो । अहिले हरेक प्रदेशलाई ५ हजारको दरले आरडीटी कीट वितरण गरिएको छ ।

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले हालसम्म ३ हजार ५२४ जनाको परीक्षण भएको जानकारी दिए । पछिल्लो २४ घण्टामा काठमाडौँमा ४०१ र काठमाडौँबाहिर २२९ गर ६३० जनाको कोभिड १९ परीक्षण गरिएको जानकारी दिए ।

अहिलेसम्म कोरोनाप्रभावित जिल्ला कैलालीमा ३३९ जनाको, कञ्चनपुरमा १३७ जनाको, बाग्लुङमा १९ जनाको र कपिलवस्तुमा २१ जनाको कोभिड १९ परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको डा. देवकोटाले जानकारी दिए । ८ सय बढीको परीक्षण प्रक्रिया रहेको उनले बताए ।

हाल क्वारेन्टाइन ८६६० जना रहेका छन् भने काठमाडौँमा १५ जनासहित आइसोलेसनमा १२५ जना रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप