लकडाउन उल्लघंन गर्नेलाई १०० देखि १ हजारसम्म जरिवाना
काठमाडौँ । चन्द्रागिरी नगरपालिका क्षेत्रभित्र लकडाउन उलङ्घन गर्नेहरूलाई ठाउँको ठाउँ जरिवाना लगाइने भएको छ । चन्द्रागिरीलामा कोरोना संक्रमणवाट नागरिहरूलाई सुरक्षित बनाउन नगरपालिकाले सो निर्णय गरेको हो ।
चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले संक्रमण हुने जोखिम न्यूनिकरणको लागि घरभित्रै बस्नुको विकल्प नरहेको बताउँदै जथाभावी अनावश्यक हिँड्डुल हुन थालेपछि नगरपालिकाको आर्थिक ऐन २०७६ अन्तर्गत कारबाही गरिने बताए ।
शुक्रबार बिहानवाट सुरू गरिएको कारबाहीमा ५२ जनालाई जरिवाननका साथै दुई घण्टा उभ्याउनुका साथै थानकोट प्रहरीले संक्रमण सम्बन्धि सचेत समेत गराएको प्रमुख गिरीले बताए ।
दुई पटक भन्दा बढि नियम उलङ्घन गरेमा दोब्बर दस्तुरसहित कारबाही हुने नगरपालिका प्रमुख गिरीको भनाइ छ ।
महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठले चन्द्रागिरी नगरपालिकामा केही व्यक्तिहरू अझैपनि अनावश्यक रूपमा हिँड्डुल गर्ने, भित्रि एरियाहरूमा लुकिछिपि मदिरा तथा चिया पसलहरू खोल्ने गरेको पाइएकाले कारबाही सुरु गरिएको बताए ।
उनले भने, ‘त्यसको नियन्त्रण गरी लकडाउनको पूर्ण पालना गरी संक्रमणबाट सुरक्षित बनाउन प्रहरी कडा रूपमा परिचालित समेत भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल
-
पूर्व कर्मचारीहरुसँग देउवाले भने– कांग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान थाल्नुस्
-
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
मुख्यमन्त्री कँडेलले बुझाए अर्थमन्त्री र ऊर्जामन्त्रीलाई ध्यानाकर्षण पत्र