शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संक्रमित नेपालीको उपचारमा कमी हुन दिइने छैन: राजदूत ढकाल

शुक्रबार, २८ चैत २०७६, १५ : ५०
शुक्रबार, २८ चैत २०७६

युएई। कोरोना भाइरस (कोभिड - १९) को संक्रमण देखिएका र सम्पर्कमा आएका नेपाली कामदारहरुको उपचारका लागि आवश्यक पहल गरिरहेको युएई स्थित नेपाली दूतावासले जनाएको छ।

युएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालले कोरोना भाइरसका कारण पीडित भएर दूतावासको सम्पर्कमा आएका नेपाली कामदारहरुको उपचारका लागि आवश्यक पहल गरिरहेको रातोपाटीलाई बताए।

उनले भने,दूतावासको सीमित स्रोत र साधनका बाबजुद पनि हामी फिल्डमै पुगेर नेपालीहरुको अवस्थाबारे जानकारी लिइरहेका छौं।दूतावासको सम्पर्कमा आएका सबैको उपचारका लागि हामी दिनरात लागि परेका छौं।'
भाइरसको संक्रमण देखिएका सबै नेपालीहरूलाई युएईका नागरिकसरह नै व्यवहार, सहयोग र उपचार गर्ने युएई सरकारले प्रतिबद्धता अनुसार नै काम भएको बताए।

ढकालले कोरोना भाइरसका कारण विश्वभर त्यसको प्रभाव परेको हुँदा जटिल परिस्थितिलाई बुझेर दूतावासले गरिरहेको काम कारबाहीलाई समेत मध्यनजर गर्न सबैलाई अनुरोध गरेका छन् ।
'हामी कोरोना भाइरसका कारण युएईमा रहेका नेपालीहरुले रोजगार गुमाएर वा अन्य कारणले भोकै बस्नु पर्ने अवस्था आएमा उनीहरुको उचित ब्यबस्थापन गर्न तयार छौं भन्दै उनले युएईमा रहेका नेपालीहरुलाइ संयमित रही उच्च मनोबल र सतर्कताका साथ रहन समेत अनुरोध गरे ।
युएई सरकारका विभिन्न निकाय ,नेपाल सरकारका उच्च निकाय तथा यहाँ रहेका नेपाली संघसस्थाका प्रतिनिधिहरु सँग छलफल गरिरहेका भन्दै उनले सबैले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको बताए।

पछिल्लो केही दिनयता युएईका विभिन्न शहरमा कोरोना संक्रमित नेपालीहरुको संख्या बढेको र अस्पताल जानसम्म नपाएको गुनासो सामाजिक संजाल र केही मिडियाहरुमा आएका थिए।

युएईमा केही दिन अघिसम्म ११ जना नेपाली संक्रमित भएको र यी मध्येबाट २ जना निको भएको र अन्य ९ जना समान्य अवस्थामा उपचाररत रहेको नेपाली दूतावासले जनाएको छ। 
तर कोरोनाबाट युएईमा एक जना नेपाली महिलाको मृत्यु भएको यहाँको स्थानीय प्रहरीको रिपोर्टमा उल्लेख गरिएपनि नेपाली दुतावास अबुधावीले औपचारिक जानकारी नआएको बताउँदै आएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप