शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रेमगीत-३’ युनिटको लकडाउनमै रक्तदान

शुक्रबार, २८ चैत २०७६, १४ : २५
शुक्रबार, २८ चैत २०७६

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले गरेको ‘लकडाउन’ का कारण देशभरका रक्तदान कार्यक्रमलाई पनि प्रभावित पारेको छ । यसले गर्दा स्वास्थ्यक्षेत्रमा रगतको अभाव देखिएको छ ।  रगतको अभावलाई मध्यनजर गर्दै प्रदर्शनको तयारीमा रहेको फिल्म ‘प्रेम गीत ३’ युनिटले रक्तदान गरेको छ । निर्माण युनिटले फिल्मसँग जोडिएका ४० बढी ब्यक्तिबाट रक्तदान गराएको हो ।

फिल्मका निर्माता निर्देशक सन्तोष सेनले फेसबुक मार्फत् रक्तदानको जानकारी गराएका छन् । उनले सामाजिक दूरी कायम गरेर भिडभाड नगरि दुई–दुई जना गरेर रगतदान गरेको बताए । निर्माता सेनसँगै ‘प्रेमगीत ३’ का अभिनेता प्रदीप खड्का, अभिनेत्री क्रिस्टिना गुरुङ, गायक प्रताप दास, गायिका प्रविशा अधिकारी, अभिनेता मनिष राउतलगायतले राजधानी ग्रिनसिटी हस्पिटलमा पुगेर रक्तदान गरेका छन् ।

रक्तदानबाट ४० पाकेट रगत जम्मा भएको छ । सो रगतले देशभर नपुगे पनि भीडभाड नगरि रक्तदानका लागि प्रेरित गर्न आफ्नो युनिटले रक्तदान गरेकोे निर्माता सेनको भनाइ रहेको छ ।  यस अगाडि ‘प्रेमगीत ३’ युटिनले ११ हजार मास्क समेत वितरण गरेको थियो । देश तथा जनतालाई परेको अप्ठ्यारो परिस्थितिमा यो युनिटले बेला–बेलामा सहयोग गर्दै आएको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप