बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोना कोषमा जिल्ला प्रशासन कार्यालय नुवाकोटको ६९ हजार सहयोग

शुक्रबार, २८ चैत २०७६, १३ : ५६
शुक्रबार, २८ चैत २०७६

नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले कोरोना कोषमा ६९ हजार आर्थिक सहयोग गरेको छ । सरकारले स्थापना गरेको ५० करोड बराबरको कोरोना संक्रमण रोकथाम तथा उपचारका कोषमा नुवाकोटले आफ्ना जिल्लामा कार्यारत निजामती कर्मचारीको केहि दिन वापतको तलब कट्टा गरी ६९ हजार ९ सय ११ रुपैयाँ सहयोग गरेको हो ।

जिल्लाले रा.प प्रथम श्रेणीका कर्मचारीको तलब स्केलको शुरुको ७ दिनको, रा.प द्धीतिय र तृतीय श्रेणीका कर्मचारीको तलब स्केलको शुरुको ५ दिनको र अनंकित तथा श्रेणी विहिन कर्मचारीको शुरुको तलब स्केलको ३ दिनको तलब कट्टा गरी कोषमा जम्मा गरेको जनाएको छ ।

उक्त सहयोग रकम बिहिबार नै कोरोना कोष रहेको राष्ट्रिय वाणिज्य बैंकको खातामा जम्मा गरिसकिएको नुवाकोटका सहायक जिल्ला अधिकारी बद्रिनाथ गैरेले जानकारी दिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप