बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बोरिस जोनसोनका बुवाले भने, ‘छोरा आइसीयूबाट बाहिरियो, यसमा अत्यधिक कृतज्ञ छु’

शुक्रबार, २८ चैत २०७६, १३ : ३७
शुक्रबार, २८ चैत २०७६

बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनका बुवाले छोरालाई आइसीयूबाट निकालेर अस्पतालको युनिटमा राखिएको खबरपछि आफू अत्यधिक कृतज्ञ भएको बीबीसीलाई बताएका छन् ।

स्ट्यानले जोनसोनले आफ्नो छोराले कोरोनाभाइरसविरुद्धको जुन लडाईं लड्नुपरेको छ त्यसले पूरा बेलायतलाई यो महामारी चिन्ताजनक भएको कुरामा अवगत गराएको बताएका छन् ।

‘म मेरो परिवार, बोरिसको परिवार, सबैतिर छरिएका परिवारका सदस्यको तर्फबाट यस्तो समर्थनका लागि अत्यधिक कृतज्ञ छु । राष्ट्रिय स्वास्थ्य सेवाको अभूतपूर्व कामका लागि पनि म अत्यधिक आभारी छु ।’

बोरिसलाई लण्डनस्थित सेन्ट थोमस अस्पतालको आइसीयूबाट वार्डमा सारिएको खबर बिहिबार बेलुका सार्वजनिक भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप