बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आईएमएफले भन्यो–१ सय ७० देशको प्रतिव्यक्ति आम्दानी घट्नेछ

शुक्रबार, २८ चैत २०७६, १३ : १२
शुक्रबार, २८ चैत २०७६

अन्तर्राष्टिय मुद्रा कोष (आईएमएफ) ले १७० देशको प्रतिव्यक्ति आय घट्ने प्रक्षेपण गरेको छ । आईएमएफले आफ्नै प्रक्षेपण उल्ट्याउँदै १ सय ७० देशको प्रतिव्यक्ति आय घट्ने प्रक्षेपण गरेको हो ।

 यसअघि १ सय ६० देशको प्रतिव्यक्ति आम्दानी बढ्ने प्रक्षेपण गरेको थियो ।  कोरोनाले चौतर्फी असर गरेपछि आइएमएफले आफ्नै प्रक्षेपण उल्ट्याएको हो । 

आइएमएफकी प्रवन्ध निर्देशक क्रिस्टालिना जर्जिभा विश्वभरको सरकारले ८० अर्ब डलरको आर्थिक सहायता प्याकेज घोषणा गरेको बताइन् । 

‘कोरोनाले सन् २०२० मा संकट ल्याउनेछ र अवस्था सामान्य हुँदै गए सन २०२१ म विश्वको आर्थिक अवस्था सुधारतर्फ जानेछ’, आइएमएफले भनेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप