बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोलकातामा राखियो पहिलो ‘अटोमेटिक स्यानिटाइजिङ गेट’

शुक्रबार, २८ चैत २०७६, १३ : ०१
शुक्रबार, २८ चैत २०७६

भारतको पश्चिम बंगालको राजधानी कोलकाताको न्यू मार्केटमा पहिलो अटोमेटिक स्यानिटाइजिङ गेट राखिएको छ ।

त्यसपछि कोलकाता नगर निगमले महानगरको विभिन्न बजारमा यस्ता १७ वटा गेट राख्ने निर्णय गरेको छ ।

यो गेटमार्फत् बजार प्रवेश गर्नेहरुलाई हाइड्रोजन पेरोक्साइट मिसाइएको पानीको फोहोराले किटाणुमुक्त गरिनेछ । अहिले यसको परीक्षण चलिरहेको छ ।

कोरोना संक्रमणको १२ नयाँ घटना सार्वजनिक भएपछि यो राज्यमा यस्ता बिरामीको संख्या बढेर ८३ पुगेको छ । यीमध्ये ७० जना ११ परिवारका छन् ।

राज्यमा यो भाइरसको संक्रमणका कारण अहिलेसम्म पाँचजनाको मृत्यु भएको छ ।

यसैबीच कलकत्ता हाईकोर्टले ३० अप्रिलसम्म अदालतको कामकाज बन्द राख्न निर्देशन दिएको छ । सुरुमा ९ अप्रिलसम्म यसलाई बन्द राख्न भनेको थियो ।

नगर निगमका फोहोर व्यवस्थापन विभागका मेयर देबब्रत मजुमदार भन्छन्, ‘यो गेटलाई परीक्षणको रुपमा राखिएको छ । हाइड्रोजन परोक्साइडले मानव शरीरमा कुनै प्रतिकूल असर त पार्दैन भनेर विशेषज्ञमार्फत् यसको प्रमाणपत्र लिइनेछ  र हरियो झण्डा पाएपछि यो योजना अघि बढाइनेछ ।’

उनका अनुसार उक्त गेटमा एउटा सेन्सर राखिएको छ । कोही व्यक्ति भित्र आउनेबित्तिकै मोटर चालु हुनेछ र उनीमाथि कीटनाषक छर्कने काम हुन्छ ।

न्यू मार्केट ट्रेडर्स असोसिएशनका सचिव राजिव सिंहले यो कदमको स्वागत गरेका छन् । उनी भन्छन्, ‘कोलकातामा पहिलो पटक यस्तो गेट राखिएको छ । यसले बजारबाट आउने व्यक्तिमा संक्रमण डर हुनेछैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप