कोभिड–१९ आशंकामा एक युवती आइसोलेसनमा भर्ना
ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि तनहुँको शुक्लागण्डकी नगरपालिका–९ की १४ वर्षीया एक युवतीलाई आइसोलेसनमा भर्ना गरिएको छ । ती युवतीलाई शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसनकक्षमा बिहीबार भर्ना गरिएको हो ।
कोभिड–१९ को लक्षणसँग मिल्दोजुल्दो ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि उनलाई आइसोलेसनमा राखिएको उपचार थालिएको शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिए ।
दुबईबाट आएका उनका भिनाजु एक हप्ता ससुरालीमा बसेको खुल्न आएको छ । “ज्वरो र श्वास फेर्न गाह्रो भएपछि निजका परिवारले स्वास्थ्य शाखामा सम्पर्क गरेका थिए, नगरपालिकाले एम्बुलेन्स मगाएर उपचार केन्द्र पठाएका हौँ ।” उनले भने ।
केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले ती युवतीलाई हल्का ज्वरो देखिएको जानकारी दिए । उनका अनुसार युवतीको स्वाब परीक्षणका लागि पोखरा पठाउने तयारी गरिएको छ । “रिपोर्ट प्राप्त नभएसम्म उनलाई आइसोलेसनमै राखिनेछ”, डा श्रेष्ठले भने । कोभिड–१९ का शङ्कास्पद बिरामीको उपचारका लागि केन्द्रमा २७ श्ययाको कक्ष तयारी अवस्थामा छ । जिल्लाका विभिन्न अस्पतालमा ४६ श्ययाको आइसोलेसनकक्ष बनाइएको छ । म्याग्दे गाउँपालिकामा पाँच, व्यास नगरपालिकामा आठ, शुक्लागण्डकी नगरपालिकामा २९ र बन्दीपुर गाउँपालिकामा आठ श्ययाको आइसोलेसनकक्ष तयारी अवस्थामा छ ।
यसैबीच दमौली अस्पतालमा स्वाबको सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाउँदा नतिजा नेगेटिभ आएको छ । अस्पतालबाटै स्वाबको सङ्कलन गर्ने व्यवस्था मिलाइएको पहिलो दिन बिहीबार व्यास नगरपालिकाभित्रका दुई जनाको स्वाब सङ्कलन गरी पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्व प्रधानमन्त्री खनाल र किरात धर्मगुरु आत्मानन्दबिच भेटवार्ता
-
ह्वाट्सएपसँग प्रतिस्पर्धा गर्न गुगलले ल्यायो नयाँ अपडेट
-
चर्चामा अडियोमा आधारित नयाँ सामाजिक सञ्जाल ‘एयरच्याट’
-
आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान
-
मोडल लक्ष्मण भण्डारीले गरे प्रेमिका गीतासँग विवाह
-
अभिनेताले भने, ‘कबीर सिंह’ गरेर पछुतो छ, निर्देशकले दिए चलचित्रबाट अनुहार नै हटाउने चेतावनी