बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दुई बिघाको गहुँबालीमा अज्ञात समूहद्वारा आगजनी

शुक्रबार, २८ चैत २०७६, १२ : १४
शुक्रबार, २८ चैत २०७६

लकडाउनको समयमा धनुषाको सवैला नगरपालिका–१ निवासी सत्यनारायण यादवको दुई बिघाको गहुँबाली अज्ञात समूहले आगजनी गरी नष्ट दिएको छ । 

    आगजनीबाट करिब रु एक लाख ५० हजार बराबरको गहुबाली पूर्णरूपमा जलेको वडाध्यक्ष कपिलदेव राउतले जानकारी दिए । सबै कोरोनाको महामारी नियन्त्रण तथा रोकथाममा लागेको बेला यादवको धनुषाधाम नगरपालिका–३ सोनापुरमा रहेको खेतमा काटेर जम्मा गरी राखिएको दुई बिघाको गहुबाली जलाएर नष्ट गरिदिएको इलाका प्रहरी कार्यालय सवैलाका प्रहरी निरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप