बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिविद्वारा आगामी वैशाख र जेठमा तय भएको परीक्षा स्थगित (सूचनासहित)

शुक्रबार, २८ चैत २०७६, ११ : २४
शुक्रबार, २८ चैत २०७६

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले वैशाख र जेठमा तय भएको परीक्षा कार्यक्रम स्थगित गरेको छ । 

त्रिविको केन्द्रिय परीक्षा सञ्चालक समितिको बुधबार बसेको बैठकले वैशाख र जेठमा संचालन  गरिने  विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकाय तर्फका ४ वर्षे बीएस्सी, बीबीएस र बीएड चौथो वर्षका नियमित तथा आंशिक  परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । 

यस्तै पोष्ट ग्राजुएट डिप्लोमा इन काउन्सेलिङ साइकोलोजी, स्कुल साइकोलोजी र पोष्ट ग्राजुएट इन उमन स्टडीजका पुरा तथा आंशिक परीक्षा पनि स्थगन गरिएको त्रिविले जनाएको छ । 

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 

यसअघि त्रिविले चैतमा तय भएका विभिन्न परीक्षा पनि स्थगित गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप