बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसबारे बनेको फिल्म रिलिजको तयारीमा

शुक्रबार, २८ चैत २०७६, ०६ : ४४
शुक्रबार, २८ चैत २०७६

तपाईंलाई सायद विश्वास नलाग्ला तर कोरोनाभाइरसबारे बनेको पहिलो फिल्म रिलिजको तयारीमा छ ।

अहिलेसम्म संसारका कुनै पनि देशलाई न त यो भाइरसबारे थाहा छ न नै अहिलेसम्म यसको कुनै खोप बनाउन सकिएको छ, त्यसैले पनि यस विषयमा फिल्म बन्नु आफैंमा रोचक कुरा हो ।

‘कोरोनाः फियर इज अ भाइरस’ नामको यो फिल्म यो महिनाको अन्तसम्म स्ट्रिमिङ प्लेटफर्ममा उपलब्ध हुनेछ ।

यो फिल्म एउटा लिफ्टमा फसेका सात व्यक्तिलाई केन्द्रमा राखेर बनाइएको छ ।

लिफ्टमा फसेका सात व्यक्तिमध्ये एकजनालाई खोकी लाग्छ र त्यसपछि सुरु हुन्छ– संघर्ष ।

निर्देशक मोस्तफा केशवानीले यो फिल्म गत डिसेम्बरमा चीनमा पहिलो पटक यो भाइरसबारे थाहा हुने बित्तिकै बनाउन सुरु गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप