शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

४५ प्रतिशतले घट्यो विद्युत् उत्पादन

शुक्रबार, २८ चैत २०७६, ०६ : ०५
शुक्रबार, २८ चैत २०७६

काठमाडौं – नदीनालामा पानीको मात्रा घट्न थालेपछि नेपालका जलविद्युत् गृहको उत्पादन करिब ४५ प्रतिशतले घटेको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार हरेक सुक्खायाममा जलविद्युत् आयोजनाको कुल उत्पादन क्षमतामा पानीको अभावले ह्रास आउने गर्छ । 

यसपटक पनि नदीहरूमा पानीको मात्रा निकै बढी घटिसकेकाले हरेक आयोजनाको औसत उत्पादन ४५ प्रतिशजतिले घटेको छ । जलाशययुक्त आयोजनाबाहेक रन अफ दि रिभर र पिकिङ आयोजनामा उत्पादन घट्ने गरेको छ ।

नेपालमा प्रायः हिमनदीमा जलविद्युत् आयोजना निर्माण भएका छन् । मस्र्याङ्दी, मध्यमस्र्याङ्दी, कालीगण्डकी, सुनकोसी, त्रिशुली, देवीघाट, चमेलियालगायतका सबै ठूला जलविद्युत् आयोजना हिमनदी प्रणालीमा निर्माण भएका छन् । 

कात्तिक/मङ्सिरबाट हिमनदीमा पानीको बहाव बिस्तारै कम हुँदै जाने गर्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मीप्रसाद उपाध्यायले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप