कोरोनाका कारण बदलिँदै समाजः दक्षिण अफ्रिकाका कुख्यात अपराधीहरु बने गरिबका सहयोगी !
एजेन्सी । दक्षिण अफ्रिकाको केप टाउन सहरका केही क्षेत्रमा दशकौंदेखि द्वन्द्व चर्किरहेको छ । त्यहाँ वर्षौदेखि आपराधिक गिरोहको बर्चस्व रहेको र बेला बेलामा जघन्य अपराधका घटनाहरु पनि बाहिर आइरहेका हुन्छन् । तर पछिल्ला केही महिनायता त्यहाँको वातावरण भिन्न देख्न सकिन्छ ।
अहिले विश्वभर आएको कोरोना महामारीका कारण त्यहाँका कुख्यात अपराधीहरु पनि मानवीय सहयोगको अभियानमा जुट्न थालेका छन् । त्यहाँका कुख्यात आपराधिक गिरोहका सदस्यहरु अहिले आपसी विवादलाई बिर्सेर गरिबहरुलाई खाना र औषधी बाँड्ने अभियानमा जुटिरहेका छन् । उनीहरुले आफ्ना नेटवर्कहरुलाई मानवीय सहयोगका लागि प्रयोग गर्न थालेका छन् ।
कोराना त्रासदीका बीचमा अहिले त्यहाँ सरकारले लकडाउनको घोषणा गरेको छ । लकडाउनका कारण गरिबहरु अभावमा तड्पिरहेका छन् । गरिबहरुको उक्त पीडामा साथ दिन अहिले त्यहाँका कुख्यात आपराधिक गिरोहका सदस्यहरु पनि जुटिरहेको देख्न सकिने भन्दै बीबीसीले समाचार लेखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेकेन्ड ह्यान्ड आइफोन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्
-
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
-
सिस्टमले चलेको देश जापान
-
दीपिकाको 'लेडी सिंघम' लुक सेयर गर्दै रोहितले भने- मेरो वास्तविक जीवनको हिरो
-
फोन बारम्बार ह्याङ्ग हुन्छ ? अपनाउनुहोस् यो उपाय
-
सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी